site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विद्यालय खुलाउन विराटनगर महानगरले थाल्यो छलफल
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

विराटनगर । विद्यालय खुला गर्न विराटनगर महानगरपालिकाले छलफल सुरु गरेको छ । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै महानगर क्षेत्रमा विद्यालय बन्द छन् । विद्यालय खुलाउने विषयमा महानगरले विषय विज्ञ र सरोकारवालाहरूसँग छलफल थालेको हो ।

महानगरका प्रमुख भीम पराजुलीले स्वास्थ्य मापदण्ड पालना गरेर शैक्षिक संस्था खुलाउने विषयमा सरोकारवालासँग छलफल भएको जानकारी दिए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

“अनलाइन कक्षाको पहुँचमा महानगर क्षेत्रकै कतिपय विद्यार्थी नरहेको अवस्थामा विद्यार्थीको भौतिक उपस्थितिमै कसरी अध्यापन गराउन सकिन्छ भन्ने विषयमा परामर्श लिएका छौँ,” उनले भने ।

छलफलमा सहभागी विराटनगरका विद्यालय सञ्चालक, अभिभावक संघका प्रतिनिधि तथा प्रधनाध्यापकहरूले स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्न सकिने सुझाव दिएका थिए । 

Royal Enfield Island Ad

कोभिड कारण शैक्षिक क्षेत्रमा परेको समस्या र वैकल्पिक रूपमा भइरहेका अनलाइन कक्षाहरूले बालबालिकामा पारेको प्रभावका विषयमासमेत चिन्ता व्यक्त गरिएको छ । लामो समय मोबाइल, ल्यापटपको स्क्रिनमा बस्दा बालबालिकाको आँखा र मस्तिष्कमासमेत दीर्घकालीन असर पर्नेतर्फ पनि ध्यान दिनुपर्ने सहभागीको जोड थियो । 

वस्तुस्थिति अध्ययन गर्न महानगरको शैक्षिक प्रशासन महाशाखाका शिक्षा अधिकृत कृष्ण भट्टराईको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ । समितिमा शिक्षक महासंघका बेदु खतिवडा, हिसानका भेषराज पोखरेल, एन–प्याप्सन र प्याप्सनका तर्फबाट इन्द्र राई, अभिभावक संघ नेपालका देवी पन्थी, सामुदायिक विद्यालय व्यवस्थापन समितिका कृष्ण गौतम सदस्य छन् । 

समितिले एक हप्ताभित्र विद्यालय सञ्चालन गर्न सकिने नसकिने विषयमा परामर्श तथा व्यवस्थापन कार्यढाँचा निर्धारण गर्ने बताइएको छ । विराटनगर महानगरपालिकामा अहिले पनि सक्रिय संक्रमितको संख्या दुई हजारभन्दा धेरै छ । दैनिक ५० जना हाराहारी संक्रमित थपिरहेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १४, २०७८  १८:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro