काठमाडौं । अमेरिकाले अफगानिस्तानको काबुल विमानस्थलबाहिर बम हमला गरेको छ । सम्भावित आत्मघाती कार बम विस्फोटलाई लक्षित गर्दै अमेरिकी सेनाले बम हमला गरेको अमेरिकी अधिकारीलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।
नाम नछाप्ने सर्तमा एक अमेरिकी अधिकारिले ‘आईएसआईस–के’ का संदिग्ध आतंकवादीलाई लक्षित गरेर अमेरिकी सेनाले बम हमला गरेको बताएकाे रोयटर्सले उल्लेख गरेको छ ।
समाचार एजेन्सी सीएनएनले पनि पेन्टागन स्रोतलाई उद्धृत गर्दै ‘आईएसआईएस–के’ बाट काबुल विमानस्थलमा हुन लागेको आक्रमणलाई परास्त गर्न अमेरिकी सेनाले हमाला गरेको जनाएको छ ।
“हामी निशानालाई ‘हिट’ गर्न सफल भएकोमा विश्वस्त छौँ,” स्रोतलाई उद्धृत गर्दै सीएनएनले लेखेको छ ।
हमलाबाट भएकाे क्षतिबारे विवरण आउन बाँकी छ ।