site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बढ्दै छन् सरकारी तक्मा लिनेहरू, दुई वर्षमा तक्मामै १४ करोड खर्च
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सरकारले प्रत्येक वर्ष प्रदान गर्दै आएको विभूषण (तक्मा) बनाउनकै लागि दुई वर्षमै १४ करोड १९ लाख ७७ हजार रुपैयाँ खर्च भएको छ । सरकारले विभूषण तयार गर्न आर्थिक वर्ष ०७५/०७६ मा पाँच करोड ६९ लाख ७७ हजार र ०७६/०७७ वर्ष आठ करोड ५० लाख खर्च गरेको हो ।

महालेखापरीक्षकको कार्यालयको ५८औँ प्रतिवेदनानुसार सरकारले ०७४/०७५ मा ५१४ जनालाई, ०७५/७६ मा ५१८ जनालाई र ०७६/०७७ मा ६३३ जनालाई विभूषित गर्ने निर्णय गरेको थियो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

प्रतिवेदनमा १२९ मानपदवी, २२ अलंकार र ६१ पदकसमेत २१२ विभूषण तथा २२१ संविधानसभा पदक वितरण नभई मौज्दात रहेको  उल्लेख छ । विभूषित हुने संख्या र सो तयार गर्न लाग्ने खर्च बर्सेनि बढ्दै गएको समेत पाइएको छ । महालेखापरीक्षकको कार्यालयले विभूषित हुने संख्या निश्चित गरी खर्चमा नियन्त्रण गर्नुपर्ने समेत औँल्याएको छ ।

विभूषण ऐन, २०६४ मा चार प्रकारका १२ श्रेणीका मानपदवी, नौ प्रकारका अलंकार र १३ प्रकारका पदकबाट राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तिलाई विभूषण प्रदान गर्ने व्यवस्था छ ।

Royal Enfield Island Ad

तर, पछिल्ला वर्षहरूमा सरकारले प्रदान गर्दै आएको विभूषण विवादमा पर्दै आएको छ । राजनीतिक दलका नेता–कार्यकर्ता र आसेपासेले विभूषण प्राप्त गर्ने तर राष्ट्रका लागि योगदान गरेका व्यक्तिलाई भने विभूषण प्रदान नगरिएको गुनासो बढ्दै गएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १३, २०७८  १३:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro