काठमाडौं । सरकारले विश्व खाद्य संगठन दक्षिणपूर्व एसियाको क्षेत्रीय निर्देशकमा नेपालका तर्फबाट डा. शम्भुप्रसाद आचार्यलाई उठाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले कपिलवस्तुको बाणगंगा निवासी आचार्यलाई नेपालका तर्फबाट उम्मेदवारी दिन मनोयनयन गर्ने निर्णय गरेको हो ।
यस्तै, सरकारले अतिकम विकसित राष्ट्रहरूको एसिया प्रशान्त क्षेत्र पुनरवलोनको भर्चुअल बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेललाई सहभागिता जनाउन अनुमति दिएको छ ।
यसैगरी, आजको मन्त्रिपरिषद् बैठकले बुर्तिबाङ, पौदी, अमराई, तमघास सन्धीखर्क गोरुसिंगे १३२ केभी प्रशारण लाइनअन्तर्गत पर्ने दायाँ ९ र बाँया ९ गरी १८ मिटरका निजी तथा अन्य सबै संरचनाहरूलाई क्षतिपूर्ति निर्धारण गर्न गठित समितिमा अध्यक्ष र सदस्यमा तोक्ने पनि निणर्एय गरेको छ । तर, क–कसलाई तोकिएको भन्नेबारे सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले खुलाएनन् ।