site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विदेश
Global Ime bankGlobal Ime bank
‘लकडाउन’विरुद्ध प्रदर्शन गर्दा अष्ट्रेलियामा सयौँ गिरफ्तार
SkywellSkywell

सिड्नी । अष्ट्रेलियामा ‘लकडाउन’विरुद्ध प्रदर्शनमा उत्रिएका सयौँलाई पक्राउ गरिएको छ ।

देशको सबैभन्दा ठूलो र सबैभन्दा धेरै जनसंख्या रहेको सहर सिड्नीबाट प्रहरीले उनीहरुलाई गिरफ्तार गरेको हो ।

प्रदर्शनका क्रममा लकडाउनविरोधी प्रदर्शनकारी र प्रहरीका बीचमा झडपसमेत भएको थियो । यहाँ दैनिक संक्रमितको संख्या बढिरहेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।

KFC Island Ad
NIC Asia

न्यु साउथ वेल्स प्रदेश सरकारले सिड्नी र त्यस आसपासको क्षेत्रमा आगामी सेप्टेम्बर महिनासम्म लकडाउन लागु गर्ने निर्णय गरिसकेको छ ।

महामारी नियन्त्रणमा आइनसकेकाले लकडाउनलाई निरन्तरता दिनु आवश्यक रहेको ठहर गर्दै अधिकारीले लकडाउनको म्याद थप गर्ने निर्णय गरेका हुन् । यस क्षेत्रमा लामो समयदेखि लकडाउन जारी छ ।

सिड्नीको बृहत् क्षेत्र र आसपासका क्षेत्रमा लागु गरिएको लकडाउन यही अगस्ट २८ मा सकिन लागेको छ । तर, सरकारको नयाँ निर्णयले अहिले लकडाउन अन्त्य नभएर फेरि एक महिना लम्बिने भएको छ ।

“हामीले खोप लगाइसकेका छौँ, अब सधैँ थुनिएर बस्न सक्दैनौँ, हामी स्वतन्त्रता चाहन्छौँ,” प्रदर्शनमा उत्रिएका एक प्रदर्शनकारीले भने ।

प्रदर्शनकारीले लकडाउनको नियम उल्लंघन गरेको भन्दै प्रहरीले उनीहरुलाई प्रदर्शनमा रोक लगाएको थियो । प्रहरीको आदेश अस्वीकार गर्नेलाई प्रहरीले गिरफ्तार गरेको हो ।

प्रदर्शनकारी र प्रहरीबीचमा झडप हुँदा कम्तीमा सात अधिकारी घाइते भएको प्रहरी कार्यालयले जनाएको छ । त्यसैगरी, प्रदर्शनमा उभिएका २०० भन्दा बढीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

कतिपय क्षेत्रमा राति ९ बजेदेखि बिहान ०५ बजेसम्म कर्फ्यु पनि लागु गरिएको सरकारी अधिकारीले जनाएका छन् । तर, अत्यावश्यक काम, स्वास्थ्य सेवालगायतका लागि भने स्थानीय अधिकारीको अनुमति र समन्वयमा हिँड्डुल गर्न पाइने व्यवस्था गरिएको छ । । रासस/एएनआई

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ५, २०७८  १७:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro