site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फुटबल विवाद : छानबिन सकियो, प्रतिवेदन बुझाउने तयारी

काठमाडौं । नेपाली फुटबलमा चलिरहेको विवादको छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाउने तयारी गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले फुटबल विवादका लागि गत साउन १९ गते पुरेन्द्रबिक्रम लाखे संयोजकत्वको ७ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

समितिले तोकिएको समयमा प्रतिवेदन बुझाउन नसक्दा ७ दिनको समय थप गरेको थियो । गत शनिबार नै समितिले छानबिनको समय थप गरेको हो । सात दिनको समय मागेको समितिले पाँच दिनभित्र प्रतिवेदन बुझाउने तयारी गरेको छ । समितिले घटनामा संलग्न एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ, मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसहित १४ जनाको बयान लिएको थियो ।

बयान लिएका सबैबाट छानबिन प्रक्रिया पूरा नभएकाले समय थप गरेको थियो । समितिले तोकिएको समयभन्दा केही दिनअघि प्रतिवेदन बुझाइ सक्ने बताएको छ । समितिका सदस्य सुर्वण श्रेष्ठले छानबिनको सबै प्रक्रिया पूरा भएको र अब प्रतिवेदन बुझाउन मात्र बाँकी रहेको बताएका छन् । तोकिएको व्यक्तिहरूलाई मात्र छानबिन गर्दा सबै कुरा नआएकाले थप प्रष्ट हुन ७ जना व्यक्तिहरूको बयान लिएर सकेको उनले बताए । उनले उक्त बयानको प्रतिवेदन केही दिनमा मन्त्रालयमा बुझाइसक्ने बताए । 

“सबै व्यक्तिहरूसँग बयान दिएर सकिएको छ । अब हामी प्रतिवेदन बनाउने तयारीमा छौँ । बयानलाई लिपिबद्ध गरेपछि प्रतिवेदन तयार पार्नेछौँ । प्रतिवेदन तयार भएको दिन नै मन्त्रालयमा बुझाउने छौँ,” श्रेष्ठले बाह्रखरीसँगको कुराकानीमा भने । 

राखेपले फुटबल विवादको छानबिन गर्न समितिलाई ७ दिनभित्र अनुसन्धान प्रतिवेदन पेश गर्न भनेको थियो । राखेपले दिएको समय गत शुक्रबार नै सकिएको थियो । समितिले आजसम्ममा प्रतिवेदन तयार पारिसक्ने जनाएको छ । प्रतिवेदन तयार पार्ने बित्तिकै समितिले मन्त्रालयलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । छानबिन र प्रतिवेदनको विषयमा अब बैठक बस्ने समितिका अर्का सदस्यले बताए । 

“छानबिन सकिएको छ । बयानलाई लिपिबद्ध गरेपछि छानबिनलाई निष्कर्षमा पुर्याइसकेका छौँ । अब प्रतिवेदन तयार गरेर मन्त्रालयलाई बुझाउने तयारी छ,” ती सदस्यले थपे ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाबाट बयान सुरु गरेको समितिले शुक्रबार अन्तिममा घटनाका केन्द्रीय पात्र वरिष्ठ उपाध्यक्ष र मुख्य प्रशिक्षकसँग सोधपुछ गरेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक अलमुताइरीले वरिष्ठ उपाध्यक्ष नेम्वाङका कारण आफूले काम गर्ने वातावरण नपाएको भन्दै राजीनामा दिने बताएका थिए । 

अलमुताइरीको फेसबुक पोस्टपछि एन्फा विवाद उत्कर्षमा पुगेको थियो । दुवै पक्षले घटनाको छानबिन गर्न भन्दै एन्फामा निवेदन दिएका थिए । जसमा दुई खेल पत्रकार समेतले प्रशिक्षकमाथि दुर्व्यवहार गरेको आरोप लागेको थियो । 

उक्त घटनापछि एन्फाको कार्यसमिति बैठकले घटनाको छानबिनका लागि युवा तथा खेलकुद मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको थियो । सोही घटनालाई मन्त्रालयले छानबिनका लागि राखेपलाई पत्राचार गरेको थियो । मन्त्रालयले घटनाको छानबिन गरी सुझावसहितको प्रतिवेदन पेश गर्न राखेपलाई निर्देशन दिएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, भदौ १, २०७८  १०:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro