राजनीति
काठमाडौं । बेलायती प्रधानमन्त्री निवास नजिक आफ्ना माग पूरा गर्न आमरण अनशन गरिरहेका भूपू गोर्खाहरूलाई आन्दोलन फिर्ता लिन सरकारले आग्रह गरेको छ । कुटनीतिक माध्यमबाट भूपू गोर्खाका माग संबोधनका लागि पहल गरिएको भन्दै आमरण अनशन स्थगन गर्न आज बसेको मन्त्रिपरिषद बैठकले आग्रह गरेको छ ।
ब्रिटिस आर्मीसँगै जोडिएर लडेका गोर्खाहरूलाई दिँदै आएको असमान पेन्सन अपमानजनक रहेको र यसको अन्त्यको माग गर्दै भूपू गोर्खा आन्दोलनरत छन् ।
प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८ १२:०२
प्रतिक्रिया दिनुहोस्