विशेष
काठमाडौं । जिल्ला प्रशासन कार्यालयले काठमाडौंमा कोरोना महामारी बढिरहेको र संक्रमण फैलिने जोखिम कायम रहेको भन्दै सभा–सम्मेलन नगर्न आग्रह गरेको छ ।
आज एक सूचना जारी गर्दै सभा–सम्मेलन, जुलुस, धर्ना, गोष्ठी, र्याली गरी भिडभाड गर्दा तेस्रो लहरको जोखिम निम्तिन सक्ने जनाएको हो ।
प्रशासनले निषेधाज्ञा र स्वास्थ्य मापदण्ड उल्लंघन गरे कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि दिएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन १९, २०७८ १५:२४
प्रतिक्रिया दिनुहोस्