site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सर्वोत्तम सिमेन्टको सेयर खरिद सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघको ‘झुटो विज्ञप्ति’ 

काठमाडौं । सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले धितोपत्र बोर्डको सञ्चालक भएपछि उनका भाइ हेमराज ढकालले सेयर खरिद गरेको पाइएको छ ।

सोमबार नेपाल उद्योग वाणिज्य महासंघले चन्द्र ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित नहुँदै उनका भाइ हेमराज ढकालले सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको भन्दै विज्ञप्ति जारी गरेको थियो ।

महासंघले सोमबार जारी गरेको विज्ञप्तिमा वरिष्ठ उपाध्यक्ष ढकाललाई २०७७ मंसिर ३० गते बोर्ड सञ्चालकको लागि प्रातिनिधि तोकेको र माघ ११ गतेको धितोपत्र बोर्ड सञ्चालक समितिको बैठकमा सहभागी भएको उल्लेख छ । महासंघले ढकाल बोर्ड सञ्चालक चयन हुनुअगाडि नै मंसिर १४ गते नै सेयर कारोबार भएको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

तर बाह्रखरीलाई प्राप्त ओभर दि काउन्टर (ओटीसी) मार्केटमा भएको सर्वोत्तम सिमेन्टको सेयर कारोबार विवरणमा अनुसार चन्द्रप्रसाद ढकाल महासंघको प्रतिनिधिको रुपमा बोर्ड बैठकमा प्रतिनिधित्व गरिसकेपछि २०७७ माघ २६ मा सेयर किनेको देखिन्छ ।

माघ २६ गते चन्द्रप्रसाद ढकालका भाइ हेमराज ढकालले सर्वोत्तम सिमेन्टको २ लाख कित्ता सेयर प्रतिकित्ता २५० रुपैयाँमा खरिद गरेको देखिन्छ ।

महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार मंसिर १४ गते कम्पनीको सेयर ओटीसी बजारमा कारोबार भएको छैन । 

मंसिर २२ गते भने कम्पनीको सेयर प्रतिकित्ता २२ रुपैयाँका दरले ५५ हजार कित्ता कारोबार भएको छ । यस्तै  माघ २६ गते प्रतिकित्ता २५० रुपैयाँका दरले १० लाख  २० हजार कित्ता सेयर कारोबार भएको छ ।

चन्द्रप्रसाद ढकाल बोर्ड सञ्चालक भएपछि हेमराज ढकालको नाममा खरिद भएको सेयरमध्ये चैत १० गते १ लाख कित्ता चन्द्रप्रसाद ढकालकै लगानी रहेको हाथवे इन्भेष्टमेन्ट कम्पनीलाई बिक्री गरिएको छ ।

सर्वोत्तम सिमेन्टले गत आर्थिक वर्षमा आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट सेयरधनीलाई बोनस सेयरसहित लाभांश वितरण गरेको थियो जसले गर्दा १ लाख कित्ता सेयर बिक्रीपछि पनि हेमराज ढकालको नाममा १ लाख १९ हजार ११७ कित्ता सेयर रहेको छ ।

सार्वजनिक निष्कासनमा बुक बिल्डिङ विधि लागु भएपछि उक्त विधिमार्फत् आईपीओ निष्कासन गर्न लागेको पहिलो कम्पनी हो सर्वोत्तम सिमेन्ट । 

सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिमार्फत सार्वजनिक निष्कासन गर्न बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ भने बुक बिल्डिङ विधिको लागि सेयरमूल्य ७५० रुपैयाँ प्रस्ताव गरेको छ ।

सार्वजनिक निष्कासनको मुखमा नै  त्रितोपत्र बजारको नियामक निकाय धितोपत्र बोर्डको अध्यक्ष तथा सञ्चालक र बजार सञ्चालक नेप्सेको प्रमुख कार्यकारी अधिकृतको परिवारकै नाममा सेयर खरिद गरेको समाचार साउन १२ गते हिमाल खबरले प्रकाशित गरेको थियो ।

बोर्डका सञ्चालक चन्द्रप्रसाद ढकालका भाइ हेमराज ढकालको नाममा मात्रै नभइ कम्पनीको सेयर बोर्डकै अध्यक्ष भिष्मराज ढुङ्गानाका छारी रेविका ढुङ्गानाको नाममा पनि माघ २६ गते नै प्रतिकित्ता २५० रुपैयाँमा नै १० हजार कित्ता सेयर खरिद भएको ओटीसी मार्केटको कारोबार विवरणमा देखिन्छ ।

त्यस्तै नेप्सेको प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउँदले पनि श्रीमती सुशीलाकुमारी बोहोराको नाममा प्रतिकित्ता  २५० कै दरले  १० हजार कित्ता सेयर खरिद गरेका हुन् ।  
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, साउन १९, २०७८  १२:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro