अर्थ व्यवसाय
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सको सेयर नेप्सेमा सूचीकृत भएको छ । आइतबार कम्पनीको ६४ लाख ५० हजार कित्ता साधारण र करोड ५० लाख ५० हजार कित्ता संस्थापक गरी कुल २ करोड १५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएसँगै सोमबारबाट दोस्रो बजारमा कारोबार गर्न सकिने भएको छ । पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई ११५ रुपैयाँ १३ पैसादेखि ३४५ रुपैयाँ ३९ पैसासम्म ओपनिङ रेन्ज तोकेको छ ।
नेप्सेले प्रारम्भिक सार्वजनिक निष्कासनपछि नेप्सेमा सूचीकृत कम्पनीको पहिलो कारोबारका लागि पछिल्लो लेखापरीक्षण भएको वित्तीय प्रतिवेदनको नेटवर्थदेखि नेटवर्थको ती गुणसम्म ओपनिङ रेन्ज तोक्छ ।
प्रकाशित मिति: आइतबार, साउन १७, २०७८ १८:५७
प्रतिक्रिया दिनुहोस्