site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं उपत्यकामा बढ्दो संक्रमण,  भिडभाड नियन्त्रणमा प्रशासनको बेवास्ता 
SkywellSkywell

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा भिडभाड बढ्दै जाँदा र जनस्वास्थ्यका मापदण्ड उल्लङ्घन हुँदा संक्रमण बढ्दै गएको छ । प्रशासनले निषेधाज्ञामा खुकुलो बनाएका क्षेत्रमा अनुगमन नगर्दा र निषेध गरिएका क्षेत्रको भिडभाड नियन्त्रण गर्न नसक्दा संक्रमण दर उकालो लागेको हो । 
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार बिहीबार काठमाडौं उपत्यकामा मात्र ८६० जना संक्रमित थपिएका छन् । अन्य जिल्लाको तुलनामा उपत्यकाको संक्रमणदर धेरै छ । अनावश्यक भिडभाड, स्वास्थ्य मापदण्ड पालना नहुँदा पहिलेकै अवस्था आउन सक्ने विज्ञहरुले चेतावनी दिएका छन् । 
 
स्वास्थ्य मापदण्ड पालना भए/नभएको, भिडभाड नियन्त्रण गरी संक्रमण कम गर्न उपत्यकाका तीन जिल्ला प्रशासनद्वारा गरिएको अनुगमन फितलो छ । संक्रमण नियन्त्रण गर्न बेवास्ता गरिहेका छन् ।
 
उपत्यकामा साउन २० गतेसम्म पुरानै निषेधाज्ञालाई निरन्तरता दिइएको छ । उक्त निषेधाज्ञा जारी गर्दा अनुगमनको दायरा बढाउने भनिएको थियो । तर, राजनैतिक दलहरु अटेर गर्दै निषेधाज्ञा उल्लङ्घन गरिरहेका छन् । यसबाहेक सार्वजनिक सवारी साधन, अस्पताल, खोपकेन्द्र, सार्वजनिक स्थल, धार्मिक सांस्कृतिक स्थल मठमन्दिरहरुमा अत्याधिक भिडभाड बढिरहेको छ । उपत्यका बाहिरबाट आउने निजी तथा सार्वजनिक सवारी साधनलाई प्रवेशमा सहजीकरण गरिएको छ ।
 
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली बढिरहेको संक्रमणप्रति ध्यानाकर्षण भएको बताउँछन् । उनले स्वास्थ्य मापदण्ड र भिडभाड नियन्त्रणमा अनुगमन भइरहेको उनको दाबी छ । “संक्रमण  रोकथाम कसरी गर्ने भन्नेबारे छलफल जारी छ । पछिल्लो समय संक्रमणदर बढिरहेको छ । विभिन्न सरोकारवाला निकायसँग छलफल गर्नुपर्ने भएकाले अहिले नै के हुन्छ भनेर भन्न सकिने अवस्था छैन । आज सीसीएसीको बैठक पनि बस्दैछ । सीसीएमसीको निर्णय र संक्रमणको समीक्षा गर्दै प्रतिबन्धात्मक विधि अपनाउँदै आएका छौँ,” प्रजिअ पराजुलीले भने ।

राजनितिक दलहरुले गरेको अनावश्यक भिडभाड नियन्त्रण गर्न खोज्दा अटेर गरी भिडभाड गरेको प्रजिअ पराजुली बताउँछन् । प्रजिअ पराजुलीका अनुसार राजनीतिक दललाई जुलुस गर्न र भिडभाड गर्न अनुमति दिएको छैन । 
 
दोस्रो लहरको संक्रमणको चेन ब्रेक गर्न भन्दै सरकारले वैसाख १६ गते निषेधाज्ञा जारी गरेको थियो । त्यसपछि जनस्वास्थ्य मापदण्ड पालना नभएको निष्कर्ष निकाल्दै निषेधाज्ञा उल्लङ्घन गर्नेलाई १ वर्ष कैद र पाँच लाखसम्म जरिवाना गर्ने गरी अध्यादेश जारी गरिएको थियो । उक्त अध्यादेशमा मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गरेमा १०० रुपैयाँ जरिवाना गरिने व्यवस्था छ । आवतजावतमा रोक लगाइएको वा नियन्त्रण गरिएको अवस्थामा उल्लङ्न गर्नेलाई २०० रुपैयाँ जरिवाना लिने व्यवस्था छ ।
 
सार्वजनिक सवारी साधन, अस्पताल, सार्वजनिक स्थल, अन्य क्षेत्रमा भइरहेको भिडभाड नियन्त्रण गरिहरको प्रशासनको दाबी छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला संक्रमण रोक्न सर्वसाधारणको हक हितलाई ध्यानमा राख्दै निर्णय गर्दै आएको बताउँछन् । ‘‘पछिल्लो समय पहिलेकै निषेधाज्ञालाई निरन्तरता दिएका छौँ । तर, दुईदिन यता संक्रमण धेरै बढेको देखिन्छ । अब अझै केही दिनको संक्रमण हेरेर २० गतेपछि त्यही अनुसार प्रतिबन्धात्मक व्यवस्था मिलाउछौँ,” प्रजिअ निरौलाले भने, ‘‘दुई दिनको संक्रमण हेरेर मात्रै के हुन्छ भनेर भन्न सकिँदैन । महामारी विरुद्धको खोप लगाइरहेका छन् । सार्वजनिक यातायात व्यवसायीहरु बढी मारमा परेका थिए । पछिल्लो समय व्यवसायीहरुको माग पूरा गरिरहेको अवस्था हो । संक्रमण यसरी नै बढ्दै जाँदा सोच्नै पर्ने हुन्छ ।”

KFC Island Ad
NIC Asia

प्रजिअ निरौलाले संक्रमण रोकथामबारे आज पनि काठमाडौंका सिडियोसँग छलफल गर्ने बताए ।

‘‘हामीले कारवाहीको दायरामा ल्याउन सकेका छैनौँ । सुक्ष्म रुपमा अनुगमन भइरहेको छ । कारवाही भएको छैन । कारवाही गर्ने भनिए पनि कारवाहीको दायरामा ल्याउन सकिरहेका छैनौँ । अब  संक्रमण बढ्दा कसरी नियन्त्रण गर्ने र कारवाहीको दायरामा ल्याउने भन्नेबारे छलफल गरिरहेका छौँ,” प्रजिअ निरौलाले भने, ‘‘यद्यपि राजनीतिक दलहरुलाई भिडभाड नगर्न र जनस्वास्थ्य मापदण्ड उल्लङ्घन नगर्न अनुरोध गरिरहेका छौँ । छलफल जारी छ ।”

Royal Enfield Island Ad

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तेस्रो लहरको महामारी आउनसक्ने जोखिम रहेकाले स्वास्थ्य संस्थाहरुलाई बेड, आइसोलेसन, अक्सिजनको बन्दोबस्त मिलाउन  निर्देशन दिइसकेको छ ।
 
कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का अनुसार पछिल्लो समय बढिरहेको संक्रमण रोकथाम गर्न आज शुक्रबार साँझ ४ बजे बैठक बस्दैछ । संक्रमण रोकथाम कसरी गर्ने र खोपको व्यवस्थापन कसरी गर्ने भन्नेबारे छलफल गरिने सीसीएमसीका कार्यकारी निर्देशक बालानन्द शर्माले जानकारी दिए ।
   
सीसीएमसीको निर्देशन बमोजिम उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले एउटै निर्णय गर्दै आएका छन् । सरकारले भिडभाड र संक्रमण रोकथामको अन्तिम विकल्पका रुपमा निषेधाज्ञालाई नै प्राथमिकतामा राखेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १५, २०७८  १३:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro