site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
२८ वटा सिनेमा हल बन्द हुँदा कति लगानी डुब्यो ?  
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । कोरोना संक्रमणका कारण हालसम्म देशभरका २८ वटा सिनेमा हल बन्द भइसकेका छन् । काठमाडौंकै जय नेपाल, गोपीकृष्णका केही हल, कुमारी, सिद्धार्थलगायत सिनेमा हल बन्द भएका हुन् । 

कोरोना संक्रमणका कारण लामो समय हल सञ्चालन नहुँदा सिनेमा घरहरु बन्द हुन थालेका हुन् । चलचित्र संघका महासचिव अशोक शर्माका अनुसार हालसम्म २८ वटा सिनेमा हल बन्द भइसकेका छन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

एउटा सिनेमा हल बनाउन औसतमा ६ करोड रुपैयाँ लाग्ने चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल बताउँछन् । एउटा सिनेमा हलमा ६ करोड लगानी हुँदा २८ वटा हलको लागत एक अर्ब ६८ करोड रुपैयाँ हुन्छ । एक अर्ब ६८ करोडका हल बन्द भइसकेका छन् । 

पछिल्लो पटक काठमाडौंको सिद्धार्थ चलचित्र मन्दिर बन्द भएको छ । सधैंका लागि सिद्धार्थ चलचित्र मन्दिर बन्द भएको संघका महासचिव शर्मा बताउँछन् । 
 
कोरोना संक्रमणको प्रभाव जति लम्बिँदै जान्छ, त्यति नै हलहरु बन्द हुने क्रम बढ्ने उनको भनाइ छ । “सिनेमा हल बन्द हुने क्रम अझै रोकिँदैन । अझै कति समय अवस्था सहज नहुने हो भन्ने यकिन छैन,” महासचिव शर्मा भन्छन्, “निषेधाज्ञा पूर्णरूपमा खुलेर हल खोल्ने अनुमति पाएपछि पनि चलचित्र क्षेत्र कहिले सामान्य अवस्थामा आउँछ भन्ने थाहा छैन । त्यसैले हलहरु बन्द हुने क्रम अझै रोकिँदैन । बन्द हुने क्रम रहिरहने छ ।” बन्द हुने हलको संख्या कम्तीमा ४० पुग्ने उनी बताउँछन् ।  
 
कोरोना संक्रमण फैलिनु अगाडि नेपालमा १९३ वटा स्क्रिन थिए । १६ महिनादेखि यी हल बन्द छन् । 

Royal Enfield Island Ad

अब रिलिज हुने चलचित्रलाई २८ वटा सिनेमा हल बन्द हुँदा ठूलो घाटा बेहोर्नु पर्नेछ । काठमाडौंकै कुमारी, जय नेपाल, गोपीकृष्णकै चारवटा हल बन्द हुनु मेकरका लागि पनि ठूलो घाटा भएको अशोक बताउँछन् ।  

सोह्र महिना सिनेमा हल बन्द हुँदा चलचित्र क्षेत्रलाई १८ अर्ब घाटा

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १४, २०७८  ०६:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro