site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विपद् जोखिम न्यूनीकरण सद्भावना दूतमा सुनिता र प्रकाश नियुक्त
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सरकारले विपद् जोखिम न्यूनीकरण सद्भावना दूतमा गायिका सुनिता दुलाल र गायक प्रकाश सपुत नियुक्त भएका छन् । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले सुनिता र प्रकाशलाई एकवर्षका लागि विपद् जोखिम न्यूनीकरण सद्भावना दूत नियुक्त गरेको हो । 

विपद जोखिम सचेतनाको लागि गत वर्ष भिडियो सामग्री तयार पारेका उनीहरुलाई विपद् न्यूनीकरण गर्न रचनात्मक सहयोग गरेको भन्दै सद्भावना दूत नियुक्त गरेको हो । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

“एउटा सामान्य व्यक्ति र कलाकारको हिसाबले यो एउटा ठूलो उपलब्धि र गौरबको अनुभव  हो । तर एउटा नागरिकको हिसाबले  यसलाई महत्वपूर्ण जिम्मेवारी र कर्तव्यको रुपमा लिएको छु,” प्रकाशले भनेका छन्, “प्राकृतिक विपत्तिजस्तो संवेदनशिल क्षेत्रको कार्यसम्पादनका लागि नेपाल सरकारको एउटा आधिकारिक निकायले औपचारिक रुपमा कलाकारहरुसँग सहकार्य गरेकोमा सम्बन्धित सबैमा आभारी छु ।” 

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सरकार, निजी क्षेत्र, राष्ट्रिय अन्तर्राष्ट्रिय संघ संस्था तथा समुदायको भूमिका महत्वपूर्ण रहने कुरा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ मा उल्लेख छ । 

Royal Enfield Island Ad

“गीत संगीतको माध्यमबाट समुदायमा जनचेतना अभिवृद्धि गर्ने मुख्य अभिप्रायबाट गायक प्रकाश सपुत र गायिका सुनिता दुलाललाई विपद् जोखिम न्यूनीकरण सद्भावना दूत घोषणा गरिएको छ । गीत संगीगतको माध्यमबाट समुदायमा विपद् जोखिम न्यूनीकरण सम्बन्धि सचेतनामूलक सन्देश प्रवाहमा उहाँहरुको भूमिका उल्लेखनीय रहने अपेक्षा प्रधिकरणले लिएको छ,” प्राधिकरणले भनेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ८, २०७८  ०७:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro