site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बैंकका सहायक कम्पनीलाई शर्तसहित ब्रोकर लाइसेन्स, १ अर्ब पुँजी !
सांकेतिक तस्बिर
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डले बैंकका सहायक कम्पनीलाई शर्तसहित ब्रोकर लाइसेन्स दिने तयारी गरेको छ । बोर्डले ब्रोकर लाइसेन्सको नियमावली संशोधनका लागि बनाएको समितिले बैंकका सहायक कम्पनीलाई ब्रोरक लाइसेन्स दिनेगरी मस्यौदा तयार गरेको हो ।

स्रोतका अनुसार ब्रोकरको कार्य अनुसार न्यूनतम १० करोडदेखि १ अर्बसम्म पुँजी प्रस्ताव गरिएको छ । बोर्डले बैंकका सहायक कम्पनीलाई धितोपत्र दलाल र व्यापारी दुवैको काम गर्नेगरी न्यूनतम १० करोडदेखि अधिकतम १ अर्ब पुँजी तोक्न लागेको हो ।

बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०६४ लाई संशोधन गर्न बनाएको समितिले धितोपत्र दलाल र व्यापारीका लागि न्यूनतम चुक्ता पुँजी ५ गुणाले बढाउनेगरी मस्यौदा तयार गरेको छ । नियमावलीमा हाल धितोपत्र दलालका लागि २ करोड र व्यापारीको लागि २० करोड चुक्ता पुँजी चाहिने व्यवस्था रहेको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

मस्यौदा तयार भएपनि समितिले त्यसलाई पेश भने गरेको छैन । यदि उक्त मस्यौदा धितोपत्र बोर्डको सञ्चालक समितिले अनुमोदन गरेर अर्थमन्त्रालयले संशोधन स्वीकृत गरेमा अब ब्रोकर लाइसेन्सका लागि न्यूनतम चुक्ता पुँजी १० अर्ब पुग्नेछ ।

बोर्डले धितोपत्र दलाल र व्यापारी दुवै काम गर्नेगरी लाइसेन्स दिने तयारी गरेकाले बैंकका सहायक कम्पनीले लाइसेन्स लिन चाहेमा १ अर्बको सहायक कम्पनी स्थापना गर्नुपर्ने हुन्छ ।

Royal Enfield Island Ad

नियमावली संशोधन गर्दै बोर्डले प्रदेशमासमेत ब्रोकर विस्तार गर्न लागेको हो । उपत्यकाबाहिर ७ वटै प्रदेशमा ब्रोकरको केन्द्रीय कार्यालय रहनेगरी नियमावली संशोधनको मास्यौदा तयार भएको स्रोतको दाबी छ ।

“ब्रोकरको सहायक कम्पनीलाई लाइसेन्स दिनेगरी बोर्डले इनिसिएसन लिएको छ । संस्था बलिया हुनेगरी पुँजी, प्रविधि र गभर्नेन्स हुनेगरी लाइसेन्स दिनुपर्छ भनेर बोर्डले काम गरिरहेको छ,” स्रोतले बाह्रखरीसँग भन्यो ।

नियमावलीले पब्लिक लिमिटेड कम्पनीको रूपमा ब्रोकर लाइसेन्स दिन लागेको हो । नियमावली संशोधनको लागि बोर्डले सञ्चालहरू रामेश्वर दंगाल,  सिनर्मला अधिकारी भट्टराई र अशोक पौडेल रहेको समिति गठन गरेको छ । उक्त समितिले नियमावली संशोधन मस्यौदा तयार गरेको हो । समितिले ब्रोकर ततथा कार्यक्षेत्र तोकेर सोही अनुसार १० करोडदेखि १ अर्ब पुँजी प्रस्ताव गरेको हो ।

बोर्ड अध्यक्ष भिष्मराज ढुङ्गाना बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिएपछि केही परिवर्तन हुनुपर्ने भन्दै सोही अनुसार बोर्ड अगाडि बढेको बताउँछन् । नियमावली संशोधन समितिले संशोधनको काम गरिरहेकाले कस्तो संरचनामा जाने समितिले नै सिफारिस गर्ने उनले बताए । तर बैंकका सहायक कम्पनीलाई लाइसेन्स दिइसकेपछि लगानीकर्ताले पनि त्यही अनुसारको सुविधा पाउनुपर्ने र त्यही अनुसारको प्रविधि र टीएमएस ल्याउनुपर्ने उनको तर्क छ ।

कति पुँजी र कुन मोडलमा लाइसेन्स दिने समितिले नै प्रस्ताव गर्ने उनले बताए । बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेनस दिन बोर्डले इनिसिएसन दिएको र धितोपत्रको दोस्रो बजार विस्तारका लागि बोर्ड अगाडि बढेको उनको भनाइ छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ५, २०७८  २०:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro