site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रचण्डलाई आफ्नैबाट सुरक्षा ‘थ्रेट’ ! फेरि डीएसपीकै कमान्डमा सुरक्षा
फाइल तस्बिर ।

काठमाडौं । ‘थ्रेट’ बढेको भन्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षा बढाइएको छ । केपी शर्मा ओली नेतृत्वको सरकाले घटाएको प्रचण्डको सुरक्षा शेरबहादुर देउवा नेतृत्वको सरकारले बढाएको हो ।

ओली नेतृत्वको सरकारले प्रचण्डको सुरक्षामा रहेका डीएसपीलाई हटाएर नेपाल प्रहरीका सई नेतृत्वको टोली खटाएको थियो । सई नेतृत्वको टोली खटाएपछि पूर्वलडाकुको टोली प्रचण्डको सुरक्षामा खटिएको थियो ।

तर, देउवा नेतृत्वको सरकार आएसँगै फेरि डीएसपीकै कमान्डमा टोली खटाइएको छ । डीएसपी प्रचण्डकै अंगरक्षकका रुपमा रहनेछन् । गृह स्रोतका अनुसार प्रचण्डले आफूलाई डीएसपी कमान्डकै सुरक्षा दिन आग्रह गरेका थिए ।

ओली नेतृत्वको सरकारले विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी नयाँ कार्यविधि–२०७७ जारी गरेको थियो । सो कार्यविधिमा विशिष्ट व्यक्तिलाई दिइने सुरक्षा संख्या तोकिएको थियो । सुरक्षाकर्मीको संख्या घटेपछि पूर्वराजाले सरकारलाई पत्र नै लेखेर सुरक्षा बढाउन माग गरेका थिए ।

यसअघि, पूर्वराजा ज्ञानेन्द्र शाह र प्रचण्डले नै सबैभन्दा बढी सुरक्षा लिँदै आएका थिए । पूर्वराजाको निवास र सुरक्षामा १०० बढी सुरक्षाकर्मी तैनाथ थिए ।

त्यसबाहेक प्रचण्डको सुरक्षामा ४० बढी सशस्त्र प्रहरी र नेपाल प्रहरीका २७ जना थिए । सशस्त्र टोलीको नेतृत्व इन्सपेक्टरले गर्दै आएका थिए भने प्रहरीको नेतृत्व डीएसपीले गर्दै आएका थिए । सुरक्षा कार्यविधि जारी भएपछि सो संख्या घटाइएको थियो ।

आफ्नो सुरक्षा घटाइएकोमा प्रचण्डले सुरक्षा निकायसँग गुनासो समेत गर्दै आएका उच्च अधिकारीहरु बताउँछन् ।

उच्च प्रहरी अधिकारी भन्छन्, “उहाँले पटक–पटक डीएसपीकै कमान्डमा सुरक्षा माग्नुभएको थियो । तर, सरकारको आदेशले दिन मिलेको थिएन । देउवा नेतृत्वले सरकार आएसँगै सुरक्षा बढाउन भनेपछि हामीले पुरानै अवस्थामा सुरक्षाकर्मी खटायौँ ।”

सुरक्षा अधिकारीहरुका अनुसार समकालीन अन्य नेताहरुभन्दा प्रचण्डलाई सुरक्षा चुनौती भने बढी छ । सशस्त्र युद्धबाट आएको नेता भएकाले पनि उनको चुनौती अरुभन्दा बढी छ । सुरक्षा निकायले छिन्नभिन्न भएका माओवादीकै समूह, असन्तृष्ट पूर्वलडाकु, द्वन्द्वपीडित नै प्रचण्डको मुख्य सुरक्षा चुनौती भएको निष्कर्ष निकालेका छन् ।

नेपाल प्रहरीका पूर्वडीआईजी पूर्णचन्द्र जोशी कसैले सुरक्षा थ्रेट महसुस गरेमा राज्यले सुरक्षा दिनु दायित्व भएको बताउँछन् । उनको बुझाइमा अरु नेताहरुभन्दा प्रचण्डको सुरक्षा चुनौती बढी छ ।

पूर्वडीआईजी जोशी भन्छन्, “युद्धबाट आएको नेतृत्वको सुरक्षा चुनौती स्वाभाविक रुपमा बढी हुन्छ । उहाँ प्रचण्डलाई पार्टीकै पूर्वलडाकु, द्वन्द्वपीडितलगायतबाट सुरक्षा खतरा देखिन्छ । उहाँको सुरक्षामा पूर्वलडाकु खटाइनु राम्रो थिएन । राज्यले दिने सुरक्षा संस्थागत हुन्छ ।”

तर, सुरक्षा चुनौतीको विश्लेषण नै नगरेर अनावश्यक सुरक्षाकर्मी थपेर दुरुपयोग भने गर्न नहुने उनको सुझाव छ । प्रचण्ड १० वर्षे सशस्त्र द्वन्द्वको नेतृत्व गरेर आएका नेता हुन । नेपाल प्रहरीबाहेक प्रचण्डको सुरक्षामा सशस्त्र प्रहरीको टोली पनि खटिँदै आएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, साउन ५, २०७८  १२:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro