देश
काठमाडौं । ललितपुर महानगरपालिकाले आजदेखि ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, पूर्ण र अति अशंक्त अपांगता (वर्ग क र ख) भएका व्यक्तिलाई खोप लगाउँदैछ ।
महानगरले उक्त उमेर समूहलाई जोन्सन एन्ड जोन्सन खोप लगाउन लागेको हो । यसका लागि महानगरका २९ वटै वडा कार्यालयहरु मध्ये आफूलाई पायक पर्ने वडा कार्यालयमा जान सकिनेछ ।
आफ्नो उमेर समूहको परिचयपत्रका साथ आफ्नो वडामा गएर खोप लगाउन सकिने महानगरले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, साउन ४, २०७८ ०८:४२
प्रतिक्रिया दिनुहोस्