site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘कोरोनाको जोखिम कायमै छ, लापरबाही नगरौँ’
फाइल तस्बिर ।
SkywellSkywell

दाङ । कोरोनाको दोस्रो लहर विस्तारै कम भएको भन्दै जनजीवन सामान्य अवस्थामा फर्किएको देखिन्छ । संक्रमणदर कम हुँदै जाँदा दाङमा बजार तथा सार्वजनिक यातायातका सवारीसाधन सञ्चालनमा आएका छन् ।

दाङमा पछिल्लो एक महिनाको अवधिमा ६४० जना संक्रमित थपिएका छन् । यो तथ्यांक गएको जेठ ३० देखि यही असार ३० गतेसम्मको हो । यस्तै, वैशाख ३० देखि जेठ ३० को अवधिमा तीन हजार २०० जना संक्रमित थपिएका थिए ।

पछिल्लो महिनाको तथ्यांकलाई हेर्दा जिल्लामा दैनिक २२ जनाको हाराहारीमा संक्रमित थपिएका छन् । यो अघिल्लो महिनाको तुलनामा निकै कम हो । संक्रमणदर घट्दै जान थालेपछि जिल्लामा निषेधाज्ञा पनि खुकुलो पारिएको छ ।

KFC Island Ad
NIC Asia

निषेधाज्ञा खुकुलो भएसँगै जनजीवन पहिलेकै अवस्थामा फर्किन थालेको छ । चलचित्र हल, जिमखानालगायतमा प्रतिबन्ध लगाइए पनि होटेलहरु भने सञ्चालनमा आइसकेका छन् । लामो दूरीका सवारीसाधनमा रोक लगाइए पनि केही यातायात व्यवसायीले लामो दूरीका बस पनि सञ्चालन गरिसकेका छन् ।

सबै क्षेत्र विस्तारै खुल्दै जाँदा लापरबाही पनि बढेको देखिन्छ । लापरबाहीले जोखिम पनि बढेको छ । विज्ञहरूले कोरोनाको तेस्रो लहर आउन सक्ने चेतावनी दिइरहेका छन् ।

Royal Enfield Island Ad

कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका सावधानी अपनाएको न बजारमा देखिन्छ, न त सार्वजनिक सवारीसाधनमा नै । व्यवसायीलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरे पनि कतिपय ठाउँमा लापरबाही भएको हुन सक्ने तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले बताए ।

“संक्रमित घट्दै गएपछि बजार खुल्यो, व्यवसायीलाई पनि सहज हुँदै गएको छ । तर, सावधानी अपनाउन कसैले कन्जुसी नगरौँ,” उनले भने, “व्यवसायीलाई हामीले आग्रह गरिरहेका छौँ, तेस्रो लहरको जोखिम आउन सक्ने विज्ञहरूले चेतावनी दिइरहेको समयमा हामीले सावधानी अपनाउन किन कन्जुसी गर्ने भनिरहेको छु ।”

सार्वजनिक यातायातमा पनि भौतिक दूरी कायम भएको देखिँदैन । व्यवसायीले कोचाकोच गरेर यात्री राख्ने गरेका छन् । सार्वजनिक यातायातमा बढेको लापरबाहीले पनि संक्रमणको जोखिम बढाएको छ । व्यवसायीलाई स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न आग्रह गरिरहेको भए पनि कार्यान्वयन पक्ष फितलो देखिएको त्रिसिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिका अध्यक्ष सुरेश हमालले बताए ।

“संक्रमणको जोखिम कायमै छ । तर, लकडाउन खुकुलो भएपछि दाङमा सार्वजनिक सवारीसाधन सञ्चालनमा आएका छन् । यसले हामी यातायात व्यवसायीलाई पनि ठूलो राहत दिएको छ,” उनले भने, “तर, सावधानीमा देखिएको लापरबाहीले फेरि संक्रमणको लहर तेस्रो चरण पनि आउन सक्छ भनेर व्यवसायीलाई सचेत गराइरहेका छौँ । कतिपय अवस्थामा यात्रीले पनि लापरबाही गर्ने गरेका छन् ।”

सरकारी कार्यालयदेखि बजार तथा यातायात र सार्वजनिक क्षेत्रमा भिडभाड बढेको छ । कोरोनाको तेस्रो लहर आउन सक्ने भएकाले पनि सावधानी अपनाउन कमी गर्न नहुने स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले बताए ।

“जोखिम कायमै छ । यस्तो अवस्थामा हामीले लापरबाही गर्न हुँदैन । समयमै सावधानी अपनाउन सक्यो भने भोलिका दिनमा भयावह स्थिति आउन सक्दैन,” उनले भने, “भयावह स्थिति बनेपछि सबैलाई समस्या निम्त्याउनुभन्दा पहिले नै सावधानी अपनाउनु राम्रो ।”

पहिलोभन्दा दोस्रो लहरमा संक्रमण निकै भयावह भयो । अस्पतालमा बेडको अभाव हुँदा कतिपय संक्रमितले उपचार नपाएरै मृत्युवरण गर्नुपर्‍यो । तर, जनजीवन अहिले विस्तारै सामान्य अवस्थामा फर्किंदै छ ।

लापरबाही बढ्दै जाँदा फेरि भयावह स्थिति आउन सक्ने भएकाले सावधानी अपनाउनुपर्ने जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्बाङले बताए ।

“सावधानी अपनाउन हामीले बारम्बार आग्रह गरिरहेका छौँ । मास्क खोइ भन्ने अभियान पनि चलिरहेको छ,” उनले भने, “कोरोनाविरुद्धको लडाईंमा हामी सबैको हातेमालो हुन आवश्यक छ । मास्क अरूका लागि लगाइदिएको जस्तो गर्ने होइन, आफू र परिवारका लागि पनि हो भन्ने सबैले सोच्न सके राम्रो हुने थियो ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८  १७:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro