खेल
काठमाडौं । युरोकप विजेता गोलकिपर जियानलुइजी डोनारुम्मा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा अनुबन्धित भएका छन् ।
इटालियन गोलकिपरले पीएसजीमा नयाँ यात्रा सुरु गर्ने भएका हुन् । डोनारुम्माले पीएसजीसँग पाँच वर्षको सम्झौता गरेका छन् ।
२२ वर्षीय डोनारुम्मा सन् २०२६ को जुन ३० तारिखसम्म पीएसजीमा रहनेछन् । उनी इटालियन क्लब एसी मिलानबाट पीएसजी आएका हुन् । उनले मिलानका लागि २५१ खेल खेले ।
डोनारुम्मा हालै सम्पन्न १६औँ संस्करणको युरोकप फुटबलको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।
प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८ १०:४७
प्रतिक्रिया दिनुहोस्