site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लुम्बिनीमा विपत्बाट एक वर्षमा ७८ जनाको मृत्यु, दाङमा सबैभन्दा बढी
फाइल तस्बिर ।

दाङ । लुम्बिनी प्रदेशमा विपत्बाट एक वर्षमा ७८ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७७/०७८ को साउनदेखि असार अन्तिमसम्ममा ७८ जनाको मृत्यु भएको हो । त्यसमध्ये दाङमा सबैभन्दा धेरै ४९ जनाले ज्यान गुमाए ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय लुम्बनी प्रदेश विपत् व्यवस्थापन कोषका अनुसार आगलागी, बाढी–पहिरोलगायत विपत्का घटनाबाट मृत्यु भएको हो । यहाँ एक वर्षमा ६९० वटा विपत्का घटना भएका थिए । तीमध्ये सबैभन्दा धेरै ३८१ वटा आगलागीका घटना भए । जसका कारण १५ को मृत्यु र ४२ जना घाइते भएका थिए ।

प्रदेश विपत् व्यवस्थापन कोषका सूचना अधिकारी बाबुराम पन्थीले लुम्बनी प्रदेशमा एक वर्षको अवधिमा सर्पको टोकाइबाट ६ जनाको मृत्यु भएको जानकारी दिए । उनका अनुसार सर्पको टोकाइबाट २२ जना घाइते भएका थिए ।

लुम्बिनीमा यो अवधिमा बाढीमा परी चारजनाको मृत्यु, ६ घाइते र चारजना बेपत्ता छन् । त्यस्तै, पहिरोमा परी १६ जनाको मृत्यु, १३ घाइते र एकजना बेपत्ता छन् । भारी वर्षाका कारण चारजनाको मत्यु र १० जना घाइते भएको सूचना अधिकारी पन्थीले जानकारी दिए ।

उनका अनुसार फ्लैस बाढीबाट दुईजनाको मृत्यु भएको छ । त्यस्तै, बिजुली (करेन्ट) लागेर सातजनाको मृत्यु र ४५ जना घाइते भएका थिए ।

प्रदेशमा पशु–घटनाबाट १२ जनाको मृत्यु र १३ जना घाइते भएका थिए । अरु विभिन्न १२ वटा घटना गरी लुम्बिनी प्रदेशमा विपत्बाट ७८ जनाको मृत्यु भएको हो । २१९ जना घाइते भएका थिए ।

लुम्बिनी प्रदेशमा विपत्बाट अघिल्लो आर्थिक वर्षमा १७० जनाको मृत्यु भएको थियो ।

दाङमा ४९ जनाको मृत्यु
दाङमा यो वर्ष विपत्बाट ४९ जनाको मृत्यु भएको छ । आर्थिक २०७७/०७८ मा जिल्लामा ३१२ वटा विपत्का घटना भएका थिए । जसबाट ४९ जनाको मृत्यु भएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र दाङका प्रमुख विश्व अर्यालले जानकारी दिए । विपत्का घटनाबाट २६ जना घाइते भएका थिए ।

दाङमा अघिल्लो आर्थिक वर्षमा विपत्बाट ४८ जनाको मृत्यु भएको थियो ।

विपत् कोषको दुई करोड ७३ लाख ६ हजार खर्च
लुम्बिनी प्रदेश सरकारले विपद् व्यवस्थापन कोषको कुल सात करोड ५५ लाख सात हजार ३८६ रुपैया मौज्दात रकममध्ये दुई करोड ७३ लाख ६ हजार रुपैयाँ खर्च भएको जनाएको छ । व्यवस्थापन कोषका सूचना अधिकारी बाबुराम पन्थीका अनुसार विपत्बाट क्षति भएका ४५३ घरधुरीका लागि दुई करोड २० लाख ४५ हजार रुपैयाँ राहत रकम वितरण गरिएको छ ।

त्यस्तै, व्यवसाय क्षतिका लागि चार लाख ६१ हजार र विपत्बाट मृत्यु भएकाका २५ घरपरिवारलाई २५ लाख रुपैयाँ राहत रकम वितरण गरिएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८  १०:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro