राजनीति
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली समूहका युवाहरुले कोटेश्वरमा माधव नेपालको पुतला जलाएका छन् ।
कोटेश्वरमा नेपालविरुद्ध नारावाजी गर्दै नेपालको पुतला जलाएका हुन् । उनीहरुले माधव नेपालको घर घेर्ने तयारी गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
कोटेश्वरमा जमा भएका ओली समूहका युवाहरु अहिले भने तितरवितर भएका छन् ।
केपी ओलीलाई वालुवाटारबाट बाल्कोट पु¥याएको युवा दस्ताले कोटेश्वरस्थित नेपालको घर घेर्ने तयारी गरेपछि निवासको सुरक्षा बढाइएको छ ।
प्रकाशित मिति: बुधबार, असार ३०, २०७८ १५:२२
प्रतिक्रिया दिनुहोस्