विशेष
काठमाडौं । सर्वोच्च अदालतको फैसलाविरुद्ध माइतीघरमा प्रदर्शन गरिएको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमबार संसद् विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको छ । त्यसको विरोधमा राष्ट्रिय युवा संघका नेता–कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् ।
उनीहरुले ‘सबै फैसला मानिँदैन’ भन्दै प्रदर्शन गरेका थिए । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ठूलो तस्बिरसहित प्रदर्शन गरिएको हो ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: सोमबार, असार २८, २०७८ १५:०५
प्रतिक्रिया दिनुहोस्