site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘कमोडिटी एक्सचेञ्ज’को लाइसेन्स दिँदै धितोपत्र बोर्ड

काठमाडौं । नेपाल धितोपत्र बोर्डले बस्तु विनिमय बजार (कमोडिटी एक्सचेञ्ज)का लागि दरखास्त आह्वानको तयारी गरेको छ । बोर्डले असार १५ मा कमोडिटी बजारका लागि नीतिगत प्रक्रियागत व्यवस्था सम्बन्धी निर्देशिका कार्यान्वयनमा ल्याएसँगै बोर्ड कमोडिटी एक्सचेञ्जको लाइसेन्सको लागि दरखास्त आह्वान गर्ने तयारी अगाडि बढाएको हो ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना असार मासन्तमै नभए साउन भित्र कमोडिटी एक्चेञ्जको लाइसन्सका लागि दरखास्त आह्वान गर्ने गरी प्रक्रिया अगाडि बढेको बताउँछन् ।

२०७४ मा नै संसदबाट बस्तु विनिमय बजार सम्बन्धी ऐन पारित भए पनि अहिलेसम्म बस्तु विनिमय बजार नियमनको दायरामा आउन सकेको थियो । नेपालमा विगतदेखि नै बस्तु विनिमय बजार सञ्चालन भए पनि नियमनको दायरामा आउन सकेको थिएन । २०७४ मा ऐन आएसँगै अब बस्तु विनिमय बजार नियमनमा आउने अपेक्षा भए पनि ऐन आएको ४ वर्ष पूरा हुनै लाग्दा पनि बोर्डले बस्तु  विनियमय बजार सञ्चालकको लाइसेन्स दिन सकेको छैन ।

बोर्डले यसअघि दुईपटक बस्तु विनिमय बजार सञ्चालकको लाइसेन्सका लागि दरखास्त आह्वान गरिसकेको छ । पछिल्लो पटक २०७६ वैशाखमा दरखास्त आह्वान गर्दा ६ वटा कम्पनीले आवेदन दिएका थिए ।

धितोपत्र बोर्डले बस्तु विनिमय बजार सञ्चालनका लागि नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक बासुदेव अधिकारीको नेतृत्वमा समिति बनाएर अध्ययन पनि गरेको थियो । उक्त अध्ययन समितिले  दुईवटा कम्पनीलाई ब्रोकर लाइसेन्स दिन सिफारिस गरेको थियो । सोही अनुसार नेपाल धितोपत्र बोर्डले कमोडिटी बजारको लाइसेन्सका लागि प्रक्रिया अगाडि बढाएको थियो ।

तर, अर्थमन्त्रालबाट बोर्ड सञ्चालकमा प्रतिनधित्य गर्ने तत्कालीन सहसचिव हरशिरण पुडाशैनीको नेतृत्त्वमा कमोडिटी लाइसेन्स के गर्न भन्ने विषयमा पुनः अर्को समिति बन्यो । उक्त समितिको प्रतिवेदन नआउँदै उनको सरुवा भएपछि कमोडिटी लाइसेन्स दिन तत्कालीन अध्यक्ष रेवतबहादुर कार्की असफल भएका थिए ।

नयाँ अध्यक्षको रुपमा बोर्डको नेतृत्वमा भिष्मराज ढुङ्गाना आएसँगै उनले पुरानो दरखास्तको आधारमा दुइवटा कम्पनीलाई लाइसेन्स दिनेगरी अघिल्लो नेतृत्वले अगाडि बढाएको प्रक्रियामा सहभागी हुनेभन्दा पनि आवेदव दिएकामध्ये योग्य सबैलाई लाइसेन्स दिनुपर्ने भन्दै उनले त्यसलाई अगाडि बढाउन चाहेनन् ।

उनले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा कमोडिटी बजारको लाइसेन्स दिने उल्लेख गरेपछि त्यो प्रक्रिया पूरा भएन । तर, आगामी बजेटमा नै कमोडिटी बजारको लाइसेन्स दिने उल्लेख सरकारले नै गरेपछि अब भने कमोडिटी बजार नियमनको दायरामा आउने अपेक्षा गर्ने अवस्था भएको छ ।

धितोपत्र बोर्ड आगामी आर्थिक वर्षमा कमोडिटी बजारको लाइसेन्सका लागि नीतिगत र प्रक्रियागत सम्बन्धी नीतिगत व्यवस्था सम्बन्धी निर्देशिका कार्यन्वयनमा ल्याएर तेस्रोपटक दरखास्त माग गर्ने तयारी गरेको हो ।

गत शुक्रबार बोर्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि आयोजना गरेको छलफलमा पनि बोर्डले अबको केही समयमा नै दरखास्त आह्वान गरेर कमोडिटी स्टकको लाइसेन्स दिने र आगामी आर्थिक वर्षबाट बजार सञ्चालनमा ल्याउने बताएको छ । बोर्ड अध्यक्ष ढुङ्गानको पनि आगामी आर्थिक वर्षबाट कमोडिटी बजार सञ्चालनमा आउने दाबी छ । बासुदेव अधिकारीको नेतृत्त्वमा भएको अध्ययन प्रतिवेदनको आधारमा दुईवटालाई मात्रै लाइसेन्स दिनुपर्छ भन्ने पक्षमा भने आफू नरहेको उनी बताउँछन् । दरखास्त आह्वान गर्दा बोर्डले तोकेको प्रक्रिया पूरा गर्ने सबै कम्पनीले लाइसेन्स पाउने र बजारमा प्रतिस्पर्धा हुनुपर्ने ढुङ्गाना बताउँछन् ।

बस्तु विनिमय बजार सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्ने नीतिगत एवं प्रकृयागत व्यवस्था सम्बन्धी निर्देशिका, २०७८ ले वस्तु विनिमय बजार सञ्चालन गर्ने संगठित संस्थाको न्यूनतम चुक्ता पूँजी ५० करोड रुपैयाँमा नघट्ने गरी बोर्ड समय समयमा तोकेअनुसार हुने व्यवस्था गरेको छ । निर्देशिकाले वस्तु विनिमय बजार सञ्चालन गर्ने कम्पनीको चुक्ता पूँजीको पाँच प्रतिशतभन्दा बढी शेयर लिन नपाउने व्यवस्था गरेको छ ।

“विदेशी पूँजी, सीप तथा प्रविधिको प्रयोग गरी वस्तु विनिमय बजार सञ्चालन गर्ने प्रयोजनका लागि रणनीतिक साझेदारको रुपमा विदेशी लगानीकर्ताले त्यस्तो कम्पनीको चुक्ता पूँजीको बढीमा ५१ प्रतिशतसम्म शेयर लिन सक्नेछ,” निर्देशिकामा भनिएको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असार २७, २०७८  ११:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro