site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निषेधाज्ञापछि आन्तरिक उडानको पहिलो दिन : ९० प्रतिशत अकुपेन्सी, ५१ उडान सफल ८ उडान रद्द
सांकेतिक तस्बिर
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । निषेधाज्ञापछि बिहीबारदेखि खुलेको आन्तरिक उडानतर्फ पहिलो दिन ९० प्रतिशत अकुपेन्सीमा विमानहरू उडेका छन् । मौसमका कारण नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरेको उडान संख्याभन्दा कम उडान भएको छ ।

पहिलाे दिन आज आठवटा उडान रद्द भएका छन् । बिहीबार एकतर्फी ५१ उडान भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक प्रताप बाबु तिवारीले जानकारी दिए । मौसमका कारण केही उडान ढिलो भए भने भरतपुरको उडान हुन नसकेको उनले बताए । कुल उडान संख्याको ५० प्रतिशत नबढ्ने गरी दैनिक ६४ उडान तालिका बनाइएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

कोभिड–१९ महामारीको जोखिमलाई मध्येनजर गर्दै आवश्यक स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर सहज रूपमा आन्तरिक नियमित भएको तिवारीले बताए ।

विमानस्थलले आन्तरिक उडानमा यात्रुको भिडभाड कम गर्न तथा वर्षाको बेलासमेत भएकाले आन्तरिक टर्मिनल भवनको आगमन क्षेत्रमा थप ‘अस्थायी ब्यागेज क्लेम एरिया’ व्यवस्था मिलाएको तिवारी बताए ।

Royal Enfield Island Ad

बुद्ध एयरलाइन्सका बजार प्रबन्धक रुपेश जोशीका अनुसार बिहीबार बुद्धको चारवटा उडान रद्द भए । मौसमका कारण भरतपुर उडान हुनै सकेन भने पोखरा उडेको विमानमा पनि बीच बाटोबाटै फर्किएको उनले जानकारी दिए । उनले ९० प्रतिशत अकुपेन्सीमा उडान भएको पनि बताए । 

यस्तै यती एयरलाइन्सले पनि ९० प्रतिशत बढी अकुपेन्सीमा उडान गरेको कम्पनीका प्रवक्ता सुदर्शन बर्तौलाले बताए । यती एयरलाइन्सको १५ वटा उडानको अनुमति पाएपनि १४ वटा मात्रै भएको उनले बताए । काठमाडौं–पोखराको एउटा उडान रद्द भएको हो । पोखराका लागि काठमाडौंबाट उडेको दिउँसोको उडान बिच बाटोबाटै डाइभर्ट भएको उनले बताए ।

यस्तै दिपालय, सिमिकोट र लुक्लाको उडान पनि रद्द भएकाे छ ।

कोभिड महामारी नियन्त्रण गर्न सरकारले गत वैशाख २० गतेदेखि आन्तरिक उडान स्थगन गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १७, २०७८  २०:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro