राजनीति
काठमाडौं । नेकपा (एमाले)ले बोलाएको शुक्रबारका लागि केन्द्रीय कमिटी बैठकमा माधव नेपाल पक्ष नजाने भएको छ । बिहीबार बुद्धनगरस्थित एक ब्याङ्वेटमा बसेको नेपाल पक्षीय स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकमा नजाने निर्णय गरेको एक नेताले जानकारी दिए ।
ओली पक्षले महाधिवेशन आयोजक कमिटी भंग गरेर एमालेले २०७५ जेठ २ अघिकै पदाधिकारीको हैसियतमा नेपाल पक्षका नेताहरूसहित केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
प्रकाशित मिति: बिहीबार, असार १७, २०७८ १८:१२
प्रतिक्रिया दिनुहोस्