site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
टोपबहादुर रायमाझी र प्रभु साह किन पुगे निर्वाचन आयोग ?
SkywellSkywell

काठमाडौं । पूर्वमन्त्रीसमेत रहेका पूर्वमाओवादी नेताहरू टोपबहादुर रायमाझी र प्रभु साह शुक्रबार निर्वाचन आयोग पुगे । 

उनीहरूपछि माओवादीका नेताहरू दिनानाथ शर्मा, रामनारायण बिँडारी, लिलामणि पोखरेल र मुक्ति प्रधान पनि आयोग पुगेका थिए । तर, उनीहरू छुट्टाछुट्टै कामले आयोग पुगेका हुन् ।

Dabur Nepal
NIC Asia

पूर्वमाओवादीका नेताहरू माओवादी केन्द्रले आफूहरूलाई गरेको कारबाहीको विवरण लिन आयोग पुगेका हुन् । 

“हामीलाई कारबाही गरेको के–के डकुमेन्ट यहाँ आएको छ ? केन्द्रीय कमिटीबाट हटाएको छ कि छैन भनेर हेर्न आउनुभएको रहेछ,” आयोग स्रोतले भन्यो,” तर, आयोगमा माओवादीले केन्द्रीय कमिटीबाट हटाएको विवरण अनुसूची अनुुसार आएको छैन । कुन विधानबाट हटाएको रहेछ भन्ने प्रश्न पनि रहेछ । उहाँहरूले कारबाही गरेको विधान पनि लैजानुभयो ।”

रायमाझी र शाह सांसद पदबाट कारबाही गरेकोविरुद्ध अदालत जाने संकेत गरेको अर्का अधिकारीले जानकारी दिए ।  उनीहरूसहित नेताहरू लेखराज भट्ट, गौरीशंकर चौधरी कारबाहीमा परेपछि सांसद पद गुमेको थियो । 

“आयोगमा उनीहरूले प्रष्ट कुरा नगेरको र सांसदबाट कारबाही गरेको विषयमा अदालत जान खोजेको हु्नसक्छ,” स्रोतले भन्यो । 

उता, माओवादीका नेताहरू भने पार्टी फेरेपछि कारबाहीमा परेका स्थानीय तहका पदाधीकारीहरूको सूचना निकाल्न ढिलाइ भएकोबारे जान्न आयोग पुगेका थिए । स्थानीय तहका पदाधीकारीलाई कारबाही गरेको सूचना निकाल्ने प्रक्रिया किन अघि नबढाएको भन्दै प्रश्न गरिएको प्रधानले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८  १६:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro