काठमाडौं । कोरोना संक्रमणका कारण यो वर्ष पनि आन्तरिक मूल्यांकनबाट एसईईको नतिजा सार्वजनिक गरिँदै छ । राष्ट्रिय परीक्षा बोर्डले निम्न कुरालाई मूल्यांकनको आधार बनाएको छ ।
एसईई मूल्यांकन–२०७७ को मूल्यांकन समितिमा पाँचजना हुनेछन् । जसमा प्रधानाध्यापक, गणित शिक्षक, अंग्रेजी शिक्षक, विज्ञान शिक्षक र वरिष्ठ शिक्षक हुनेछन् । मूल्यांकन प्रक्रियामा प्रयोगात्मक विषयको लागि निर्माणात्मक २०% (विद्यार्थीको हाजिरी र प्रस्तुति ) र निर्णयात्मक ५५% (त्रैमासिक परीक्षा मूल्यांकन)को आधार रहेको छ ।
यस्तै, प्रयोगात्मक नभएका विषयका लागि निर्माणात्मक २५% (विद्यार्थीको हाजिरी र प्रस्तुति) र निर्णयात्मक ७५% (त्रैमासिक परीक्षा मूल्यांकन) रहनेछ ।
मूल्यांकनको नतिजाको हार्डकपी र सफ्टकपी यही असार २० गतेभित्र शिक्षा विकास तथा समन्वय इकाइलाई बुझाउनुपर्नेछ । यस्तै, मूल्यांकनको मुख्य जिम्मा विषय शिक्षकको हुनेछ ।