site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माछालाई पनि अक्सिजन अभाव ! 

चितवन । निषेधाज्ञाका कारण माछा उत्पादनको तुलनामा आपूर्ति कम हुंँदा उपभोक्ता माझ पुग्न सकेको छैन । अक्सिजनको अभावमा माछा मर्न थालेको रत्नगरनगरपालिका वडा नम्बर ९ का किसान भरत महतो दुःखेसो पोख्छन् । चितवनमा उनको झण्डै ७० विघामा माछापालन छ । उत्पादन पनि राम्रो छ । तर बिक्री नहुंँदा उनलाई दोहोरो घाटा परेको छ । 

“माछाको अर्डर नआउंँदा पोखरीबाट माछा निकाल्न मिल्दैन महतोले भने, पोखरीको साइजको तुलनामा माछाको संख्या र साइज बढ्दै जांँदा अक्सिजन अभाव भयो,” उनले माछाले दाना राम्रै खाए पनि बिहानको समयमा पोखरीमा माछा मर्न थालेको बताए । 

चितवनमा उनको मात्र होइन यो साझा समस्या हो । तयारी भएका माछालाई दाना दिएर पाल्नुपर्ने र पोखरी सांँघुरो हुंँदा माछा मर्दै जान थालेका छन् । नेपाल मतस्य व्यवसायी संघ, चितवनका अनुसार चितवनमा २ हजार ३८६ वटा पोखरी छन् । जहांँ ८५४ हेक्टरमा माछापालन हुँदै आएको छ । यहांँ १ हजार ३०० माछापालक किसान छन् । 

भरतपुर महानगरपालिका वडा नम्बर २६ का किसान खगेन्द्र सुबेदी पनि माछा बजारसम्म पुग्न नसक्दा चिन्तित छन् । “माग त छ । तर, बजार बन्द छ,” उनले  भने । तयारी माछा निकाल्न नपाउंँदा र पोखरी सांँघुरो हुंँदा अक्सिजनको अभाव हुंँदै गएको उनले बताए । “लकडाउन अघि नै माछा तयारी थियो । ठूला माछा निकाल्न सकिएन । नयांँ भुरा हाल्न सकिएन,”  संघका अध्यक्षसमेत रहेका सुबेदीले  भने । 

पोखरीमा पानी धेरै हुंँदा पनि माछा निकाल्न गाह्रो हुने र पानीको तह घट्दा अक्सिजन अभावले माछा मर्ने गरेको उनले बताए । नेपाल मतस्य व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष अधिकारी पहिलेभन्दा बढी अहिले माछाको हेरचाह बढी गर्नुपरेको बताउंँछन् । “हाम्रो मुख्य बजार काठमाडौं र पोखरा हो तर  पसल सबै बन्द छन् । माग भएर के गर्नु उपभोक्ताको भान्सामा नपुगेपछि,” उनले भने । 

स्थानीय प्रशासनले मासुजन्य खाद्यवस्तुको लागि छोटो समय खोल्न निर्धारण गरेका कारण पनि माछाको आपूर्ति गर्न नसकिएको उनले बताए । “अन्य पशुपंक्षीको मासुभन्दा माछाको मासु बिक्री गर्ने समय परिवर्तन लम्ब्याउनु पर्छ ।  अक्सिजनको सहायतालेनै जिल्ला बाहिर माछा पठाउनुपर्ने हुन्छ,” उनले भने । बिहानको समय माछा पसल खोल्दा पोखरीबाट माछा निकाल्न नसकिने र दिउँसोको समयमा निकालेर बेलुका बिक्री गर्दा माग र बिक्रीको सन्तुलन मिल्ने र प्रभावकारी हुने उनको भनाइ छ । 

यसवर्ष भूरा, दानाको अभाव र रोगको चपेटामा नपरे पनि क्षमताभन्दा बढी माछा पोखरीमा हुंँदा माछालाई अक्सिजन अभाव भएको हो । 

निषेधाज्ञाले माछा कारोबारमा ८० प्रतिशतले गिरावट 
झण्डै डेढ महिनादेखिको निषेधाज्ञाले चितवनको माछा व्यावसायमा  भारी गिरावट आएको छ । नेपाल नेपाल मतस्य व्यवसायी महासंघका अनुसार चितवनमा मात्र नभई देशभरनै ८० प्रतिशतको हाराहारीमा कारोबारमा कमी आएको छ । निषेधाज्ञा भएपछि होटेल, रेष्टुँरा, विवाह, पार्टीजस्ता गतिविधि ठप्प हुंँदा यसको असर माछा व्यवसायमा पनि परेको हो । महासंघका केन्द्रीय अध्यक्ष अधिकारीले भने, “गतवर्ष ६० प्रतिशत बिक्रीमा कमी आएको थियो ।” उनका अनुसार वर्सेनि माछा किसान र उत्पादन बढ्दै जाँदा र निषेधाज्ञा र लकडाउनका कारण बिक्री नहुंँदा माछा व्यवसायमा कमी आएको हो । 

महासंघका अनुसार देशभर २० हजारभन्दा बढी माछापालक किसान छन् । वार्षिक १० अर्बको हाराहारीमा माछाको कारोबार हुँदै आएको छ भने देशको कुल मागको ८० प्रतिशत हिस्सा स्वदेशी उत्पादनले ओगटेको छ । २० प्रतिशत माछा मात्रै भारत लगायत अन्य देशबाट आउने गरेको महासंघले बताएको छ । 


 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  ०८:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro