काठमाडौं । कोभिड–१९ ले सिर्जना गरेको यस विषम परिस्थितिमा समाजमा निस्वार्थ सहयोग गर्ने उद्येश्यका साथ राउन्ड टेबल नेपालले ’प्रोजेक्ट लाइफ लाइन’ सुरु गरेको छ । जसअन्तर्गत विभिन्न अस्पतालहरुमा कोभिड–१९ बाट संक्रमित गम्भीर बिरामीहरुको उपचारका निम्ति अपरिहार्य रुपमा चाहिने स्वास्थ्य उपकरण सहयोग गरेको छ ।
राउन्ड टेबल नेपालले यसै प्रोजेक्टअन्तर्गत राउन्ड टेबल नेपाल बैंकको पनि सुरुवात गरेको जनाएको छ । जसअनुसार स्वास्थ्य उपकरण आवश्यकता परेका अस्पतालमा निश्चित अवधिका लागि निःशुल्क उपलब्ध गराइने र महामारीको अन्त्यपश्चात् ती उपकरणहरु फिर्ता लिएर दुर्गम क्षेत्रका अस्पतालहरुमा वितरण गरिने जनाइएको छ ।
राउन्ड टेबल नेपालले २५ वटा उपकरण वितरण गरिसकेको छ । जसको सरदर मूल्य २५ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।