site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपत्यकामा जेठ २० पछि निषेधाज्ञा सहज बनाउने तयारी, स्वास्थ्य मापदण्डमा कडाइ

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा लागु गरिएको आज एक महिना पुगेको छ । जेठ २० गतेसम्म कोरोना संक्रमणको भयावह अवस्था न्यूनीकरण गर्न भन्दै निषेधाज्ञा जारी छ ।

निषेधाज्ञा कहिले खुल्छ टुंगो छैन । पछिल्लो एक सातायता उपत्यकामा संक्रमण र मृत्युदर दुवै घट्दो क्रममा छ । जुन सकारात्मक संकेत हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली भन्छन्, “वैशाख २० गतेदेखि जेठको पहिलो सातासम्म अवस्था निकै भयावह थियो । अक्सिजन, बेड, अस्पताल नपाएको गुनासो व्यापक थियो । अहिले ती समस्या समाधान भएका छन् ।”

समयमै निषेधाज्ञा गरेका कारण उपत्यकामा ठूलो क्षति रोकिएको उनले बताए । तर, चैतको अन्तिम साता वा वैशाखको पहिलो साताबाटै निषेधाज्ञा गरेको भए संक्रमण रोक्न अझै सहज हुने उनको भनाइ छ ।

एक साताअघिसम्म उपत्यकामा संक्रमण दर औसतमा तीन हजार बढी दैनिक थियो । अहिले त्यो संख्या दुई हजारको हाराहारीमा छ । नागरिककै स्वास्थ्यलाई ध्यानमा राखेर २० गतेसम्मको निषेधाज्ञामा कडाइ गरिएको पराजुली बताउँछन् ।

तर, अब विस्तारै स्वास्थ्य मापदण्डमा कडाइ गरेर निषेधाज्ञा केही सहज बनाउनुपर्नेमा प्रजिअ पराजुली सहमत छन् । तर, अहिले नै संक्रमणको अवस्था कस्तो हुन्छ भनेर पूर्वानुमान गर्न नसकिने उनी बताउँछन् ।

जेठ २० गतेपछि खाद्यान्न र किराना पसल भने बिहानको समयमा खोल्ने तयारी छ । २० गतेसम्म तरकारी पसलबाहेक अन्य सबै पसल बन्द गर्ने प्रशासनको निर्णय छ । यसबाहेक बैंक तथा वित्तीय संस्था समेत अहिलेको भन्दा केही बढी मात्रामा खुलाउन दिने तयारी छ ।

निषेधाज्ञा जारी राखेरै स्वास्थ्य मापदण्ड अपनाएर जनजीवन सहज बनाउनेतर्फ आफूहरु सकारात्मक रहेको पराजुली बताउँछन् । उनले भने, “संक्रमणको दर घट्दै गए केही सहज पक्कै हुन्छ । तर, के–के हुन्छ, अहिले भन्न सकिँदैन ।”

निषेधाज्ञा बढ्दै जाँदा कतिपयले नागरिकलाई कहिलेसम्म थुनेर राख्ने हो भनेर आउने गुनासाहरुबारे पनि आफू जानकार रहेको पराजुली बताउँछन् ।

उपत्यकामा तीन जिल्लामध्ये सबैभन्दा बढी संक्रमित काठमाडौंमै छन् । यस्तोमा अझै नागरिक सचेत हुनुपर्ने सुरक्षा अधिकारीहरु बताउँछन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८  १२:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro