काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले नागरिकतासम्बन्धि ट्विट हटाएका छन् । रावलले मंगलबार विरगंजमा नागरिकता लिनेको भिड लागेको र त्यसमा भारतबाट आउनेको ठूलो संख्या रहेको भन्दै ट्विट गरेका थिए । उनले नागरिकता विधेयकसम्बन्धि विधेयकप्रति लक्षित गर्दै चकलेट बाँडेजसरी नागरिकता बाँडेको आरोप लगाएका थिए ।
तर, जिल्ला प्रशासन कार्यालयले भिडभाड नगर्नूभन्ने विज्ञप्ति मंगलबार नै जारी गरेको छ । जिल्ला प्रशासनको विज्ञप्तिपछि रावलले ट्विट डिलिट गरेका हुन् ।
“विरगंजमा नागरिकता लिनेको भिड लागेको र त्यसमा भारतबाट आउनेको ठूलो संख्या रहेको समाचार आयो । प्रम ओलीको निषेधाज्ञा जनतालाई घरमा बन्द गरेर नेपाली नागरिकता विदेशीलाई समेत चकलेट बाँडे जस्तै गर्नलाई हो की ? नेपाली जनतालाई जवाफ चाहियो सम्पूर्ण देशभक्त नेपाली राष्ट्र जेगाउन सक्रिय बनौं,” उनले भनेका थिए ।