site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
एसईई भौतिक रूपमा हुने सम्भावना न्यून, शिक्षामा बजेट बढ्न सक्छ : शिक्षामन्त्री श्रेष्ठ
SkywellSkywell

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले आर्थिक वर्ष २०७८–०७९ को बजेटमा शिक्षाको बजेट बढ्नसक्ने बताएका छन् । 

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको ज्ञापनपत्र बुझ्ने क्रममा मन्त्री श्रेष्ठले आगामी बजेटमा शिक्षा क्षेत्रमा नयाँ योजना आउनसक्ने पनि बताए ।

यस्तै उनले यो वर्षको एसईई परीक्षा भौतिक रुपमा गर्ने सम्भावना न्यून रहेको बताए । यसका लागि विभिन्न विकल्पको बारेमा छलफल भइरहेको उनले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

राष्ट्रिय परीक्षा बोर्डले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुन्ठ अर्यालको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदनको आधारमा परीक्षाको मोडालिटिको बारेमा निर्णय हुने उनले जानकारी दिए।

संगठनका अध्यक्ष ऐन महरसहितको टोलीले मन्त्री श्रेष्ठलाई १३ बुँदे ज्ञापनपत्र बुझाएको थियो ।

सो क्रममा  मन्त्री श्रेष्ठले एसईई र कक्षा १२ को परीक्षाको विषयमा मन्त्रालयले यही महिनाभित्र जानकारी दिने उल्लेख गर्दै सबै परीक्षाको विषयमा चाँडै निर्णय गर्ने बताएका हुन् ।

ज्ञापनपत्र बुझ्दै मन्त्री श्रेष्ठले सबै विश्वविद्यालयको रोकिएको परीक्षा, अनलाइनमा कक्षा लिएवापतको शुल्क घटाउनुपर्ने, सबै सामुदायीक विद्यालयमा निशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने विषयमा सम्बन्धित निकायसँग छलफल भइरहेको जानकारी दिए ।

अध्यक्ष महरले मन्त्रालयले एसईई, कक्षा १२ र विगत तीन वर्षदेखि स्थगित विश्वविद्यालयको परीक्षा बैकल्पिक विधिबाट भएपनि सञ्चालन गर्न आग्रह गरे। उनले सामुदायीक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी मध्य करिब ८० प्रतिशत इन्टरनेट पहुच बाहिर रहेको उल्लेख गर्दै त्यस विषयाम सरकार  गम्भीर हुनुपर्ने बताए। 

ज्ञापनपत्रमा  कक्षा ८ र स्थानीय तहको परीक्षा  वैकल्पिक विधि बाट तत्काल सम्पन्न गरी असार १ गतेदेखि नया शैक्षिकसत्र शुरु गर्नुपर्ने, सम्पुर्ण विद्यार्थीहरुको पहुँच पुग्ने गरि अनलाइन माध्यमबाट नियमित पठनपाठनको सुनिश्चितता  गरिनुपर्ने,  विद्यालयमा भौतिक रूपमा उपस्थित भइ पठनपाठन हुने अवस्था सिर्जना नहुन्जेलसम्मको अबधिको शिक्षण शुल्क मिनाहा गर्नुपर्ने, “कोरोना विशेष छात्रवृत्ति कोस “ निर्माण  गर्नुपर्ने  लगायतका माग रहेको छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १०, २०७८  १६:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro