site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपत्यकामा दुई साता निषेधाज्ञा लम्ब्याउन गृहकार्य, अलपत्र परेकालाई गन्तव्यसम्म पुर्‍याइने  
फाइल तस्बिर

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा लम्ब्याउँनेबारे तिनओटै जिल्ला प्रशासन कार्यालय गृहकार्यमा जुटेका छन् । अबको निषेधाज्ञालाई थप कडाइ गर्ने तयारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोरोना महामारी नियन्त्रणमा आउन नसकेको भन्दै निषेधाज्ञा थप गर्न लागिएको जानकारी दिए । उनले कोरोना संक्रमणको अवस्था हेरी काठमाडौं उपत्यका ठप्प पार्ने स्थितिमा पुग्न सक्ने बताए । 

‘‘हामीले काठमाडाैं उपत्यकाको संक्रमणको दर हेरी निषेधाज्ञा कडा पार्ने गृहकार्य थालेका छौँ । कारबाही र कडा रूपमा निषेधाज्ञा जारी गर्दा पनि कोेरोना संक्रमण नियन्त्रणमा आउन सकेको छैन । त्यसैले निषेधाज्ञालाई कसरी व्यवस्थित र प्रभावकारी गर्ने भन्नेबारे गृहकार्य थालेका छौँ,” प्रजिअ पराजुलीले भने । 

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले निषेधाज्ञा लम्ब्याउनेबारे भोलि दिउँसो ३ बजे तीन ओटै प्रमुख जिल्ला अधिकारीहरूको बैठक बसेर आवश्यक निर्णय गर्ने बताए । ‘‘अहिले कोरोना महामारी नियन्त्रणमा आउन सकेको छैन । भोलि बस्ने बैठकले कति दिनसम्म निषेधाज्ञा लम्ब्याउँने भन्नेबारे छलफल गर्नेछ,” निरौलाले भने । 

डीसीसीएमसीले अलपत्र परेकालाई राहत वितरण तथा उद्धार गर्ने, कोरोना परीक्षण गर्न चेक जाँच गर्ने तथा अप्ठेरोमा परेका संक्रमितलाई सहयोग गर्ने निर्णय गरेको थियो । तत्काल यस्तो निर्णयलाई कार्यान्वयन गर्ने भनी समूह गठन गरी तयारी अवस्थामा राख्ने निर्णय भएको थियो । 

कोरोना परीक्षणको दायरा बढाउन महानगरपालिकालाई चाहिने आवश्यक सहयोग गर्न संघीय सरकारलाई डिसीसीएमसीले अनुरोध गरिसकेको छ । 

निजी अस्पतालले बढी शुल्क लिइरकेको गुनासो बढ्दा अनुगमन प्रभावकारी नभएको र अनुगमन प्रभावकारी बनाउँनेबारे निर्णय भएको थियो । उपत्यकामा कोरोना खोप अभियान चलाउँन सबै वडा कार्यालयहरूमा भनिएको छ । 

स्थानीय तहको सिफारिसअनुसार बिरामीको संख्या र अस्पतालअनुसार सिलिन्डर उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई आग्रह गर्ने निर्णय भएको थियो । 

नेपाल अक्सिजन उत्पादक संघलाई काठमाडौं उपत्यकामा भएका सबै अक्सिजन प्लान्टलाई तुरुन्त सञ्चालनमा ल्याउनका लागि निर्देशन दिने निर्णय भएको थियो ।

उपत्यकामा अलपत्र परेकालाई गन्तव्यस्थलसम्म पुर्‍याइने

निषेधाज्ञाको समयमा राजधानीमा अलपत्र परेकालाई गन्तव्यस्थलसम्म पुर्‍याइने प्रशासन कार्यालयले जनाएका छन् । कोरोना संक्रमण बढ्दै जाँदा निषेधाज्ञा पनि बढ्दै गएकाले काठमाडौं उपत्यकामा अलपत्र परेकालाई गन्तव्यस्थलसम्म पुर्‍याइने भएको हो । 

प्रजिअ निरौलाकाअनुसार काठमाडौं उपत्यकाको निषेधाज्ञा लम्ब्याउनेबारे बैठकले यात्रुलाई कसरी सुरक्षित र निसंक्रमित घरसम्म पुर्‍याउने भन्नेबारे छलफल हुनेछ । ‘‘उपत्यकामा यात्रु अलपत्र परेकाले उनीहरूलाई आफ्नो गृहजिल्लासम्म कसरी घरसम्म पुर्‍याउने भन्नेबारे छुट्टाछ्ट्टै गृहकार्य गरेका छौँ,” निरौलाले भने । 

प्रशासनकाअनुसार उपत्यकाबाट जाने यात्रुलाई सम्बन्धित स्थानीय निकायले १० दिनसम्म क्वारेन्टिन राख्नुपर्ने निर्णय भएको थियो । यो व्यवस्था लागु गरिनेछ । 

कोरोना महामारी नियन्त्रण गर्न वैशाख १६ गते निषेधाज्ञा जारी गरिएको थियो । कोरोना संक्रमण दर बढ्दै जाँदा २२ गते फेरी एकसाताका लागि निषेधाज्ञा लम्ब्याइएको थियो । उक्क्त निषेधाज्ञा वैशाख २९ गते सकिदैछ । डीसीसीएमसीले गरेका थप निर्णयलाई कार्यान्वयन गर्न भोलि तीन ओटै जिल्ला प्रशासन कार्यालयको बैठक बस्दैछन् । 

रोग संक्रामक ऐन २०२० बमोजिम जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गर्न सक्ने व्यवस्था छ । काठमाडौंमा जेठ १० गतेसम्म निषेधाज्ञा जारी गर्ने औपचारिक निर्णय भोलि हुनेछ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १६:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro