site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओली सरकार भ्रष्टाचारमा चुर्लुम्म डुब्यो : देउवा
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकार कोभिड नियन्त्रणमा पूर्ण रूपमा असफल भएको आरोप लगाएको छ । शुक्रबार साँझ एक विज्ञप्तिमार्फत कांग्रेस सभापति शेरबहादुर देउवाले कोरोना संक्रमण दिनप्रतिदिन बढिरहँदा सरकार भने भ्रष्टाचारमा ‘चुर्लुम्म डुबेको’ बताएका छन् ।

“कोभिड–१९ को यति लामो समयसम्मको निरन्तर प्रकोपका बावजूद सरकारले नियन्त्रण र रोकथामको कुनै व्यवस्था गरेन,” देउवाले विज्ञप्तिमा लेखेका छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनले नागरिकको जीवन रक्षा गर्नुपर्ने बेलामा सरकारले भ्रष्टाचार गरेर अमानवीय, अनैतिक र गैरजिम्मेवार व्यवहार देखाएको आरोप समेत लगाएका छन् ।

“अहिले कमिसनको कारण खोप आउन नसकेको कुरा सार्वजनिक भइसकेको छ । सरकार सर्वत्र भ्रष्टाचारमा चुर्लुम्म डुबेको विषय नेपाली जनताका लागि नौलौ होईन । जनताको जिवन रक्षा गर्ने औषधिमा पनि भ्रष्टाचार गर्नु अमानवीयता, अनैतिकता र गैरजिम्मेवारीको पराकाष्ठा र जनता विरुद्धको अक्षम्य अपराध हो । जनताको जीवन रक्षा गर्नु पर्ने सरकार स्वयं जिवनदायीनी औषध (खोप) भ्रष्टाचारमा संलग्नु हुनुले यो सरकारको अनैतिक चरित्र उदाङ्गो भएको छ,” विज्ञप्तिमा उल्लेख छ ।

Royal Enfield Island Ad

देउवाले सरकारसँग भष्टाचारमा संलग्नलाई कारबाहीको माग गरेका छन् । उनले कोरोना संक्रमितको उपचारका लागि तत्ताका आवश्यक व्यवस्था गर्न पनि माग गरेका छन् । 

“सरकारको अनैतिक र भ्रष्टाचारजन्य कार्यको घोर निन्दा र भत्र्सना गर्दछु । यस्तो भ्रष्टाचारको काममा जोसुकै संलग्न भए पनि कडा कारवाही गर्न सम्बन्धित निकायसँग माग गर्दछु । नेपाली जनताको जिवन रक्षा गर्नका लागि देशभरि आवश्यक अक्सिजन, आईसीयू बेड, खोप लगायतका औषधिको तत्काल व्यवस्था गर्न माग गर्दछु,” उनले विज्ञप्तिमा भनेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८  २१:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro