राजनीति
काठमाडौं । बालुवाटार जग्गा प्रकारणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान अयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई सर्वोच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको छ । बस्न्यातले केही दिनअघि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिटसमेत दायर गरेका थिए ।
उनलाई सर्वोच्चले शुक्रबार (आज) पाँच लाख धरौटी लिएर रिहा गर्न आदेश दिएको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले बस्नेतलाई छाड्न आदेश दिएको छ ।
तत्कालीन भौतिक पूर्वाधार सचिव बहाल रहेका बेला बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा लैजान टिप्पणी उठाएकाले उनीविरुद्ध विशेष अदालतमा मुद्दा परेको थियो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८ १७:१५
प्रतिक्रिया दिनुहोस्