site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विराटनगरमा थप ७ जना काेराेना संक्रमितको मृत्यु
फाइल तस्बिर

विराटनगर । विराटनगरमा थप सात जना कोरोना जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोसी कोभिड कोभिड–१९ उपचार केन्द्रमा चार, नोबेल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलमा दुई र न्युरो अस्पताल विराटनगरमा एक जना संक्रमितको बिहीबार मृत्यु भएको हो । 

कोसी अस्पतालमा मोरङको जहदा गाउँपालिका–५ का २५ वर्षीय युवक, विराटनगर महानगरपालिका–१० का ५७ वर्षीय पुरुष, सुनसरीको कोसी गाउँपालिका–४ का ६५ वर्षीय पुरुष र विराटनगर महानगरपालिका–१३ का ५० वर्षीय पुरुषको मृत्यु अस्पतालका सूचना अधिकारी अनुपम राजवंशीले जानकारी दिए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

उता, नोबेल शिक्षण अस्पतालमा विराटनगर–५ कोचाखालकी ३७ वर्षीया महिला र विराटनगर महानगरपालिका–१९ का ६४ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । अस्पतालका प्रबन्धक नारायण दाहालले पुरुषमा श्वासप्रश्वास र मुटुको समस्या थियो । 

यसैगरी न्युरो अस्पतालमा मोरङको रंगेली नगरपालिका–३ का २६ वर्षीय युवाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका उनी १७ दिनदेखि उपचारमा थिए । पीसीआर परीक्षण गर्दा पोजिटिभ आएको थियो । उनको बिहीबार बिहान मृत्यु भएको अस्पतालका निर्देशक  रञ्जितराज बस्नेत बताए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  १५:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro