site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
अनुराग कश्यप नेपाली फिल्म फेष्टिभलमा सहभागी भएको कति पारिश्रमिक चार्ज गर्छन् ?   
SkywellSkywell

काठमाडौं । बलिउड निर्देशक तथा निर्माता अनुराग कश्यप यही वैशाख २३ गतेबाट सुरु हुन लागेको नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)मा सहभागी हुँदैछन् । भलै यो पटक निफ भर्चुअल माध्यमबाट हुँदै छ । उनले निफमा आफ्नो चलचित्र करिअरको अनुभव सुनाउँदै छन् ।

नेपाल आएको भए उनले नेपाली फिल्म मेकरहरुका लागि एउटा मास्टर क्लास लिने थिए । फिजिकल रुपमा उपस्थित भएर दिने जस्तो भर्जुअल क्लास प्रभावकारी हुन्छ वा हुँदैन तर आयोजकले अनलाइनमार्फत झन धेरैले उनलाई सुन्न पाउने दाबी गरेको छ ।

Dabur Nepal
NIC Asia

उनी नेपाली फिल्म फेष्टिभलमा सहभागी भएको कति पारिश्रमिक चार्ज गर्छन् ?   

निफ अध्यक्ष केपी पाठक भन्छन्– हामी कहाँ पारिश्रमिक दिन सक्छौं, आउने जाने र नेपाल बस्दाको खर्च मात्रै बेहोर्ने हो । “हामी उनीहरुलाई पेमेन्ट गर्न सक्दैनौं । अनुरागलाई हामीले नेपाल आउँदा र फर्किंदा विजनेस क्लासको टिकट काट्ने र नेपाल बस्दा पाँचतारे होटलको स्विटरुममा बसाउने हो । उनीसँगै आउने तीनजनाको खर्च पनि हामीले तिर्नुपथ्र्यो,” केपी भन्छन्, “अनुराग नेपाल छँदा यहाँ उसले चाहेको ठाउँमा हामीले घुमाइदिने हो । चन्द्रागिरि, पशुपति, लुम्बिनीजस्ता ठाउँ घुमाइदिने योजना थियो ।” 

बलिउडकर्मीहरु उनीहरुको चलचित्रको बजार नेपाल पनि भएकाले पारिश्रमिक दिन सक्दैनौं भन्दा बजार प्रवद्र्धनका रुपले आउने गरेको केपी बताउँछन् । अन्य देशका ठूला फिल्म फेष्टिभलमा जाँदा भने उनीहरु मोटो रकम चार्ज गर्छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  १८:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu