काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी ट्वान्टी क्रिकेट अन्तर्गत चेन्नई सुपर किङसले मुम्बई इन्डियन्सलाई २१९ रनको ललियो लक्ष्य प्रस्तुत गरेको छ ।
मुम्बईमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २१८ रन बनायो ।
चेन्नईका लागि अम्बाती रायडु, मोइन अली र फाफ डू प्लेसिसले अर्धशतकीय पारी खेले ।
२७ खेल खेलका रायडुले ४ चौका र ७ छक्का प्रहार गर्दै ७२ रन बनाए । त्यस्तै ३६ बल खेलेका मोइन अलीले ५ चौका र ५ छक्का प्रहार गर्दै ५८ रन बनाए । ५० रन बनाएका डू प्लेसिसले २ चौका र ४ छक्का प्रहार गरे ।
बलिङतर्फ मुम्बईका लागि काइरन पोलार्डले २ विकेट लिए । त्यस्तै जस्प्रित भुम्राह र टेन्ट बोल्टले समान एक एक विकेट लिए ।
आजको खेलमा जित निकाल्दै चेन्नई तालिकाको शीर्ष स्थानमा आफूलाई बलियो बनाउने योजनामा छ । लिगतमा ६ खेल खेलेको चेन्नई १० अंकका साथ तालिको शीर्ष स्थानमा छ ।
यता मुम्बई पनि आजको खेलमा जित निकाल्दै तालिकामा आफूलाई बलियो बनाउने योजनामा छ ।