अर्थ व्यवसाय
काठमाडौं । नेपाल आयल निगमले निषेधाज्ञाको समयमा देशभरका पेट्रोलपम्प खुला रहेको र सहज रुपमा इन्धन बिक्री–वितरण भइरहेको जनाएको छ ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायले देशैभर इन्धन सहज रुपमा बिक्री–वितरण भइरहेको बताए । उनले निषेधाज्ञाको अवधिमा पनि सबै पेट्रोलपम्प खुला हुने बताए ।
काठमाडौं उपत्यकाका कतिपय पम्पमा इन्धन नपाएको गुनासो आएको सन्दर्भमा उनले हिजो राति अबेरसम्म बिक्री–वितरण भएको र ती पम्पका लागि थानकोट डिपोबाट ट्यांकर हिँडिसकेको उपाध्यायले जानकारी दिए ।
बुधबार अबेरसम्म राजधानीका अधिकांश पेट्रोलपम्पमा सर्वसाधारणको लामो लाइन देखिन्थ्यो ।
प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८ १२:१०
प्रतिक्रिया दिनुहोस्