अर्थ व्यवसाय
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति प्रणाली सुचारु गर्न उच्चस्तरीय र्यापिड रेस्पोन्स टिम बनाएको छ ।
मन्त्रालयले आपूर्ति व्यवस्थापनका लागि प्रेमकुमार श्रेष्ठ, स्थानीय प्रशासनको सहयोग तथा आवागमनका लागि जनकराज दाहाल, कृषिजन्य तथा पशुजन्य सामग्रीको आपूर्तिका लागि डा. श्रीराम घिमिरे, उत्पादनशील उद्योगका लागि नारायणप्रसाद अधिकारी र वैदेशिक व्यापारका लागि डा. नारायणप्रसाद रेग्मीलाई फोकल प्वाइन्ट तोकेको जनाएको छ ।
निषेधाज्ञाको समयमा स्वास्थ्य सुरक्षा, खाद्यपदार्थ तथा दैनिक उपभोग्य वस्तुहरुलगायत ढुवानी र आपूर्ति सहजीकरणका लागि तोकिएका व्यक्तिलाई सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १५, २०७८ १५:०५
प्रतिक्रिया दिनुहोस्