site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जोखिम भत्ता नपाउँदै फेरि ‘फ्रन्टलाइन’मा खटिए प्रहरी र सशस्त्र
फाइल तस्बिर ।

काठमाडौं । पहिलो चरणको जोखिम र प्रोत्साहन भत्ता नपाउँदै नेपाल प्रहरी र सशस्त्र प्रहरी बल फेरि दोस्रो चरणको महामारीमा ‘फ्रन्टलाइन’मा खटिएका छन् । यसअघि, सरकारले महामारीमा खटिएका १० प्रतिशतलाई मात्रै जोखिम भत्ता दिने बताएपछि प्रहरी र सशस्त्रले भत्ता नलिएका हुन ।

सरकारले गत वर्ष चैत ११ गतेबाटै लागु हुने गरी कोरोना संक्रमितको उपचार, प्रयोगशाला, बिरामी ओसारपसार, सुरक्षा व्यवस्थापन र प्रतिकार्य योजना लागु गर्न खटिने राष्ट्रसेवकलाई भत्ता दिने निर्णय गरेको थियो । निर्णय गर्दा फ्रन्टलाइनमा खटिएका सबैले कामको प्रकृति हेरेर भत्ता दिने बताइए पनि पछि १० प्रतिशतलाई मात्र दिन सकिने जनाएको थियो ।

भत्ता दिने निर्णय गरेपछि सुरक्षाकर्मी उत्साहित थिए । लामो समयसम्म भत्ता नदिएको सरकारले पछि लकडाउनको चार महिनाको अवधिको भत्ता दिने र त्यो पनि १० प्रतिशतले मात्रै पाउने निर्णय गरेको थियो ।

प्रहरी र सशस्त्रका अधिकारीहरु भन्छन्, “सुरुमा सबैले पाउने निर्णय गरियो । पछि १० प्रतिशतलाई मात्रै भन्दा पठाइसकेको नाम हामीले कसरी हटाउने ? भत्ताका लागि जागिर गरेका होइनौँ । तर, दिने भनेपछि भनेको पूरा गर्नुपर्‍यो नि । १० प्रतिशत भनेर हामीले कसलाई दिने, कसलाई नदिने ? त्यसैले नलिने भनेका हौँ ।”

मन्त्रिपरिषद्ले दैनिक ३०० रुपैयाँदेखि जोखिमको अवस्था हेरेर तलब बराबरकै रकम जोखिम भत्तास्वरुप दिने निर्णय गरेको थियो । प्रहरी प्रधान कार्यालयले ५१ हजारको विवरण भत्ताका लागि पठाएको थियो । प्रहरीमा आठ हजारको हाराहारीमा कोरोना संक्रमित भएका थिए । जसमध्ये ६ जनाले ज्यानसमेत गुमाएका थिए ।

सशस्त्र प्रहरीले पनि कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा फ्रन्टलाइनमा खटिँदै आएका ३१ हजारको विवरण गृह मन्त्रालयमा पठाएको थियो । सशस्त्र सीमा सुरक्षा, शान्ति सुरक्षा, विपद् व्यवस्थापनलगायत कार्यमा खटिँदै आएको छ ।

अर्थ मन्त्रालयको सुझावका आधारमा १० प्रतिशतलाई मात्रै भत्ता दिने निर्णय गरिएको हो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ जारी गर्दै १० प्रतिशत सुरक्षाकर्मीलाई मात्रै भत्ता दिन सकिने व्यवस्था राजपत्रमा प्रकाशित गरिएको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, वैशाख १५, २०७८  १०:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro