काठमाडौं । जापानमा रहेका नेपालीले एपको माध्यमबाट नेपालमा पैसा पठाउन पाउने भएका छन् ।
नेपाल इन्भेष्टमेण्ट बैंक र डिजिटल वालेटबीच विप्रेषण कारोबार गर्र्नेे सम्झौता भएको हो । यस सम्झौतापछि जापानमा रहेका नेपालीहरुले डिजिटल वालेटको स्माइल मोबाइल रेमिट्यान्स एप प्रयोग गरी नेपालमा रकम पठाउन सक्नेछन् ।
स्माइल मोबाइल रेमिट्यान्समार्फत पृथ्वी रेमिटमा पठाएको रकम नेपालस्थित कुनै पनि बैंककोे खातामा तुरुन्तै रकम जम्मा हुनेछ । स्माइल मोबाइलमार्फत पठाएको पैसा नेपाल इन्भेष्टमेण्ट बैंकको विप्रेषण सेवा पृथ्वी रेमिटका देशभर छरिएर रहेका १० हजारभन्दा बढी भुक्तानी काउन्टरहरुबाट समेत तुरुन्त प्राप्त गर्न सकिने जनाइएको छ ।
कोभिड–१९ को संक्रमणको जोखिमवाट सुरक्षित रहेर नेपालमा रकम पठाउन स्माइल मोबाइल प्रयोग गर्न सकिने जनाइएको छ ।