site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नक्कली प्रमाणपत्रको आरोपमा काठमाडौंका तीनसहित सातजना डाक्टर पक्राउ

काठमाडौं । एसएलसीको नक्कली प्रमाणपत्र बनाएर चिकित्सा शिक्षा अध्ययन गरेर डाक्टर बनेको आरोपमा सातजना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

स्रोतका अनुसार विराटनगरबाट दुईजना, रुकुमबाट एकजना, जनकपुरबाट एकजना र काठमाडौंबाट तीनजनालाई पक्राउ गरिएको हो ।

उनीहरुमाथि एसएलसीको शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोप लगाइएको छ ।

पक्राउ पर्नेहरुमा विराटनगर न्युरो हस्पिटलमा कार्यरत डाक्टर मोहम्मद सिद्धिकी, दीघार्यु अस्पतालका मोहम्मद शाहिद राजा, जनकपुर चिल्ड्रेन अस्पतालका सुभाषप्रसाद साह, मिसन अस्पताल रुकुम पश्चिममा कार्यरत दिपेन्द्र गौतम छन् ।

यस्तै विराटनगरबाट अखिलेस कुमार देव, काठमाडौंबाट पल्लवी सिंह, सानेपाबाट फराज हुसेन खाँ पक्राउ परेका छन् ।
सीआईबीले यसबारे पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिने तयारी गरेको छ । 


 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  १४:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro