site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यस्तो छ पशुपतिमा शिवरात्रिको तयारी (तस्बिरसहित)
सबै तस्बिर : अभिषेक महर्जन/बाह्रखरी
SkywellSkywell

काठमाडौं । शिवरात्रिका लागि पशुपति क्षेत्र विकास कोषले तयारी पूरा गरेको छ । करिब दश लाख दर्शनार्थीलाई दर्शन गराउने गरी तयारी गरेको कोषले जनाएको छ ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालका अनुसार शिवरात्रिका लागि कोषले ११ वटा समिति बनाएर फरकफरक जिम्मेवारी दिएको छ । ‘‘कोरोना महामारीका कारण गत वर्षभन्दा कम तयारी गरिएको छ,” उनले भने, ‘‘गत वर्ष पशुपतिका सबै ढोका फूलले सजिएका थिए । यस वर्ष भने सामान्य सजावट मात्रै हुनेछ । दर्शनार्थीलाई अनिवार्य स्वास्थ्य मापदण्ड पालना गरी प्रवेश दिइनेछ । मास्क लगाएर आउनुपर्नेछ । कोषले मास्क उपलब्ध गराउने छैन ।” 

कोषले शिवरात्रिमा दर्शनार्थीका लागि तीन ढोका खुला राखिने जनाएको छ । तीन ढोकाबाट भौतिक दूरी कायम गर्दै लाइनबद्ध दर्शन गराउनेछ । मित्रपार्क गौरीघाट, उमाकुण्ड दक्षिणमूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट एक लाइन, जयबागेश्वरी इँट्टापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिमढोकाबाट अर्को लाइन गर्दै दर्शनार्थीलाई दर्शन गर्न खुला गर्ने भएको छ । बत्तीसपुतली गौशाला, एयरपोर्ट तिलगंगा, हुँदै पिंगलास्थानबाट चार शिवालय पञ्चदेवल हुँदै दक्षिणढोकाबाट एक-एक लाइन गरी दर्शनार्थीलाई दर्शन गराउने तयारी छ । 

KFC Island Ad
NIC Asia

कोषाध्यक्ष मिलनकुमार थापा पशुपतिनाथको दर्शन गर्नका लागि कोषले पाँच स्थानमा जुत्ता-चप्पलको व्यवस्थापन मिलाएको जानकारी दिए । उनले दक्षिणमूर्ति रुद्रगाडेश्वर दर्शनमार्ग, भुवनेश्वरीनजिक, वज्रघर दक्षिणतर्फ, राम मन्दिरनजिक वाग्मती पारी गरी पाँच स्थानमा जुत्ता-चप्पल व्यवस्थापन गर्न सकिने बताए । 

शिवरात्रिमा पशुपति क्षेत्रमा ९५ वटा संघ-संस्थाले भोजन सेवा दिने गरी तयार रहेको कोषले जनाएको छ । वनकाली र तिलगंगाको क्षेत्रलाई आवास क्षेत्र तोकेर नि:शुल्क भोजन, पानी चिया वितरण गर्ने व्यवस्था मिलाएको छ । 

Royal Enfield Island Ad

कोषले कोरोना महामारीको संक्रमण कायमै रहेकाले स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य गरेको छ, कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडा बताउँछन् । ‘‘भौतिक दूरी कायम, स्यानिटाइजर र मास्क लगाएर मात्रै दर्शन गर्न दिने भएको छ । दर्शनार्थीले मास्क लगाएर दर्शन गर्न जानुपर्नेछ,” उनले भने, ‘‘साथै ३० वटा स्वास्थ्यसँग सम्बन्धित संस्थाले कोही  बिरामी भए उपचार गर्ने भएका छन् । डाक्टर, नर्स, औषधि, बेडसहितको सेनाको स्वास्थ्य शिविर राखिने जनाइएको छ । यस्तै एम्बुलेन्स र दमकल स्ट्यानबाइ राखिने भएको छ ।” 

ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्क्तिलाई इलेक्ट्रिक ट्याम्पोमा दर्शन गराउने भएको छ । शिवरात्रिका लागि दर्शन नगराइ इलेक्ट्रिक ट्याम्पोमार्फत आवतजावत गराइने कोषले जनाएको छ । 

कोषले साधुसन्तका लागि नि:शुल्क भोजन, पानी, चिया तथा बसोबासको व्यवस्था मिलाएको जनाएको छ । साधुसन्तलाई चिसोबाट बच्नका लागि धुनीको व्यवस्था गरेको छ । कोषले प्रत्येक वर्ष साधुसन्तलाई बिदाइ गर्न बाटो खर्च स्वरुप छुट्टै दक्षिणा दिँदै आएको छ ।

कोषले सवारी पार्किङका लागि पाँच ठाउँ छनोट गरेको छ । तिलगंगा करिडोर, पशुपति क्षेत्र विकास कार्यालय अगाडि, महानगरीय ट्राफिक प्रहरी प्रभाग गौशाला, सिफल चौरको उपलब्ध ठाउँ र गुह्‌येश्वरी पारि पार्किङ गर्ने व्यवस्था रहनेछ । 

पशुपति क्षेत्र विकास कोषले शिवरात्रिमा करिब १५ हजार सुरक्षाकर्मी खटाउने भएको छ । पशुपति क्षेत्र विकास कोषका गठन भएको सुरक्षा व्यवस्था उपसमितिले सुरक्षा व्यवस्था मिलाउने भएको छ । जसअन्तर्गत नेपाल आर्मी, नेपाल प्रहरी, ट्राफिक प्रहरी, स्वयंसेवक परिचालन गरी शिवरात्रिमा सुरक्षा दिने जनाएको छ ।

पाशुपत क्षेत्रमा मासु-मदिरा तथा कुनै पनि प्रकारका नशालु पदार्थ बेचबिखन नगर्न कोषले आग्रह गरेको छ । पशुपति क्षेत्र विकास कोषले कोरोना महामारीका कारण कोषसँग प्रयाप्त रकम नभएकाले धेरै तयारी नगरेको जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २५, २०७७  २०:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro