site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
साहित्य
Global Ime bankGlobal Ime bank
बलिउड सुपरस्स्टारका सुपरफ्लप टीभी शो
SkywellSkywell

काठमाडौं । मनोरञ्जनको दुनियाँमा आफ्नो नाम कमाउनु सजिलो छैन । चाहे बलिउडमा सुपरस्टार हुन् या सानो पर्दाका ठूला स्टार हुन् । जसरी टीभीको क्षेत्रमा आफ्नो नाम कमाएपछि बलिउडमा सुपरस्टार आफ्नो भाग्य परीक्षण गर्छन् । 

त्यस्तै बलिउडका केही चर्चित अभिनेत्री छन् जो बलिउडमा आफ्नो स्टारडमको झण्डा फहराएपछि पनि सानो पर्दामा टिक्न सकेका छैनन् । यहाँ हेरौँ फिल्मीबिटको रिपोर्टमा आधारित यो सामग्री ठूला पर्दाका सुपरस्टार सानो पर्दामा टिक्न सकेनन् । 

बलिउडमा आफ्नो सुनौलो पारी पूरा गरेपछि यस्ता सुपरस्टार टीभीको क्षेत्रमा आफ्नो परीक्षण गर्न आएका हुन् । र, यस्ता स्टारको सूची निकै लामो पनि छ । तर टीभीमा प्रवेशपछि उनीहरूको भाग्य सबल र सफल नभएको प्रमाणित हुन्छ । यो सूची हेरौँ टीभीमा सुपरफ्लप प्रमाणित भएको कुनै समयका बलिउडका सुपरस्टारः

KFC Island Ad
NIC Asia

१. श्रीदेवी
श्रीदेवीले सन् २००४ देखि ००५ सम्म मालिनी अय्यर शोमा मालिनीको भूमिका निर्वाह गरेकी थिइन् । कथा पनि उनैको वरिपरि घुम्थ्यो । तर यो शोमा उनको चुलबुले प्रस्तुतिलाई दर्शकले पटक्कै मन पराएनन् । 

२. करिश्मा कपुर
सन् २०१३ मा करिश्माले मिरेकल अफ डेस्टिनी टीभी शो गरिन् । मात्र एक वर्षभित्र यो शो बन्द भयो । 

३. रविना टन्डन
साबिह बीवी और गुलाम शो सन् २००४ मा आयो । यो शोमा रविनाले कान्छी बुहारीको भूमिका निर्वाह गरिन् । तर उनलाई कसैले पनि मन पराएनन् ।

४. सोनाली बेन्दे्र
अजीब दास्तां है येबाट सोनालीले सन् २०१४ मा आफ्नो डेली शो डेब्यु गरिन् । तर रियलिटी शोको जजबाहेक दर्शकले उनलाई डेली शोमा मन पराएनन् । 

५. मनिषा कोइराला
मनिषा कोइराला गेम शो ‘वाल दस करोडका’ लिएर सन् २००० मा टीभीको क्षेत्रमा आइन् । तर उनको यो पारी नराम्रोसँग फ्लप भयो ।

६. अमृता राव
सन् २०१६ मा मेरी आवाज ही पहचान बाट टीभी शोमा अमृताको प्रवेश भयो । तर उनको यो शोमा राम्रो विषयवस्तु हुँदाहुँदै पनि मन पराइएन । 

७. भाग्यश्री
भाग्यश्रीले शो लौट आओ तृषाबाट सन् २०१४ मा डेब्यु गरेकी थिइन् । यद्यपि यो शो पनि असफल प्रमाणित भयो । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २७, २०७४  ०२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro