site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कल्पना खरेलको उपन्यास ‘भृकुटीतारा’ लोकार्पित

काठमाडौं । उपन्यासकार कल्पना खरेलको अर्को उपन्यास ‘भृकुटीतारा’ एक कार्यक्रमबीच लोकार्पित भएको छ । बिहीबार अनामनगरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि मदनदास श्रेष्ठ लगायतले कृति सार्वजनिक गरे ।

प्रमुख अतिथि अभिनेता श्रेष्ठले धेरैअघि भृकुटीतारा शीर्षकको एउटा नाटक हेरेको सन्दर्भ उल्लेख गर्दै लेखकले भृकुटीलाई उपन्यासका रूपमा ल्याउने चुनौतीपूर्ण काम गरेको बताए । प्रा.डा. गोविन्दमानसिंह कार्कीले कृतिमाथि समीक्षात्मक चर्चा गर्दै यो ऐतिहासिक उपन्यास भएको उल्लेख गरे । 

अनेसासकी पूर्वअध्यक्ष गीता खत्रीले आफू तिब्बत क्षेत्रमा केही समय बस्दाको अनुभव सुनाइन् । 

उपन्यासकार खरेलले आफूले उपन्यास लेख्दा गरेको मिहिनेत र अनुसन्धानबारे जानकारी दिइन् ।

आयोजक संस्था साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले यो ऐतिहासिक उपन्यासले पाठकको मन जित्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा साहित्यकारहरू प्रमोद प्रधान, लक्ष्मण गाम्नागे, सन्ध्या पहाडी, डा. सदानन्द कडेल, डा. दामोदर पुडासैनी किशोर, शंकर भारती लगायतले कृतिको चर्चा गरे ।

यो उपन्यास मञ्जरी प्रकाशनले बजारमा ल्याएको हो । यसअघि खरेलका केही उपन्यास, कथा र गीतका कृति प्रकाशित छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  १३:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro