site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
सुशिला शर्मा ‘शिलु’को कविताकृति सार्वजनिक 

काठमाडौं । कवि सुशिला शर्मा ‘शिलु’को पहिलो कविताकृति ‘म अझै जीवित रहेछु’ सार्वजनिक गरिएको छ । शुक्रबार नेपाल स्रष्टा समाजद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा कवितासंग्रह लोकार्पण गरिएको हो ।

समीक्षक ज्ञानु अधिकारीले शर्माको कवि छवि बनेको बताइन् । उनका कवितामा सामाजिक परिवेश र प्रकृतिको सौन्दर्य भेटिने उनले उल्लेख गरिन् ।

कार्यक्रमका वक्ता प्रियहरि भण्डारी र गोपालविक्रम थापाले शर्मालाई लेखन यात्रामा निरन्तर लागिरहन शुभकामना दिए ।

कवि शर्माले आफूले सानै उमेरदेखि लेख्न थालेको बताइन् । आफूलाई परिचित साहित्यकार तथा घरपरिवारबाट सधैँ प्रेरणा मिलेको उनले सुनाइन् ।

उक्त अवसरमा केही सर्जकले कृतिभित्रका कवितावाचन गरेका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १२:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro