site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धमाधम बन्द हुँदै सिनेमा हल
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । कोरोनाका कारण सिनेमा हल बन्द हुने क्रम बढेको छ । काठमाडौं उपत्यकासहित बाहिरका जिल्लामा पनि सिनेमा हलहरू बन्द भइरहेका छन् । 

काठमाडौंको जय नेपालसहित देशभरका १९ वटा हल बन्द भइसकेका छन् । अझै केही हल बन्द हुने अवस्थामा रहेको चलचित्र संघका महासचिव अशोक शर्मा बताउँछन् । 

“क्यूएफएक्सकै जय नेपाल हल बन्द भयो । काठमाडौं बालाजुकै गंगा हल बन्द भइसकेको अवस्था छ । पूर्वमा धुलाबारी हल, दमकको हल पनि बन्द भइसकेका छन्,” अशोक शर्मा भन्छन्, “पश्चिम नेपालमा पनि धेरै हलहरू बन्द भएका छन् । हामीलाई जानकारीमा आएसम्म १९ वटा हल बन्द भइसकेका छन् । अवस्था विकराल बन्दै गएको छ । थप हलहरू पनि बन्द हुने अवस्था छ ।”

KFC Island Ad
Dabur Nepal
NIC Asia

एक वर्षबाट चलचित्र क्षेत्र ठप्प हुँदा हलहरू खर्च धान्न नसक्ने अवस्थामा पुगेको उनको भनाइ छ । आफ्नै भवन भएका हलहरूलाई तुलनात्मक रूपमा भाडामा रहेकाहरूलाई भन्दा सहज भए पनि दैनिक ठूलो खर्च हुन्छ । त्यसलाई एक वर्षबाट धान्दै आए पनि अब कुनै विकल्प नदेखेपछि बन्द हुन थालेको उनको भनाइ छ । 

“जय नेपाल हल सधैंका लागि बन्द भएको छ । कुमारी हल पछि सञ्चालनमा आउँछ भनिए पनि भाडामै रहेकाले पुनः सञ्चालनमा नआउने ठूलो सम्भावना छ,” शर्मा भन्छन्, “अझै केही समय चलचित्र क्षेत्र ठप्प रहने हो भने थप विकराल अवास्था आउनेछ । थप हलहरू बन्द हुनेछन् ।”

Royal Enfield Island Ad

क्यूएफएक्स चेनका सञ्चालकमध्येका एक भाष्कर ढुङ्गाना जय नेपाल हल सधैंका लागि बन्द भएको भन्दै भन्छन्, “सधैंका लागि बन्द भएको हो । अब पुनः सञ्चालन हुने कुनै सम्भावना छैन ।”

कोरोनाको महामारीअघि नेपालमा १९३ सिनेमा हल सञ्चालनमा थिए । शर्माका अनुसार आफ्नै घरमा रहेका सिंगल थिएटरको दैनिक सञ्चालन खर्च कम्तिमा २५ हजार र मल्टिप्लेक्सको खर्च ५० हजार हुन्छ । 

“अहिलेलाई नाफा चाहिँदैन थियो । ब्रेक इभन मात्रै भइदिए पनि हुन्थ्यो । तर, हल नै बन्द भएपछि खर्च मात्रै भयो । बैंक लोनको ब्याज तिरिरहेका हल सञ्चालकहरूको झन् दयनीय अवस्था छ । उपाय नै केही नलागेपछि हल सञ्चालक पछि हट्ने अवस्था आएको हो,” शर्मा भन्छन्, “अहिलेको अवस्थामा सिनेमा हल मात्रै चलाउन सम्भव छैन । त्यसैले गोपीकृष्ण पनि भत्काइएको हो । हल मात्रै चलाउन कठिन भएकाले सपिङ मल बनाएर त्यसबाट नियमित आम्दानी हुने भएपछि हल नचलेका बेला पनि रन गर्न सजिलो हुन्छ भनेर गोपीकृष्णले नयाँ भवन बनाएर टपमा मल्टिप्लेक्स खोल्न लागेको हो ।”

सरकारसँग पटकपटक आग्रह गरे पनि सहयोग नगरेको शर्मा बताउँछन् । अन्य क्षेत्रलाई सरकारले सहयोग गरे पनि अति प्रभावित चलचित्र क्षेत्रलाई सरकारले नजरअन्दाज गरेको उनको भनाइ छ । 

सरकारले सिनेमा क्षेत्रमा सामान्य सदाशयता पनि नदेखाएको उनको गुनासो छ । “सरकारको सहयोग त कुरै नगरौं । कम्पनी रजिस्ट्रारको कार्यालयले नवीकरण नगरेको भन्दै हामीलाई जरिवाना तिराइरहेको छ,” शर्मा भन्छन्, “एक वर्षबाट चलचित्र क्षेत्र बन्द छ । बन्द भएपछि अफिसियल काम हुने कुरा भएन । कुन क्षेत्रमा कोरोनाको प्रभाव कस्तो परिरहेको छ भन्ने थाहा पाएको सरकारले नवीकरण समयमै नगरेको भनेर जरिवाना तिराइरहेको छ । यतिसम्म सदाशयता नदेखाउने सरकारबाट के सहयोगको अपेक्षा गर्नु ।”

भलै राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत भने सम्बोधन गरेको उनको भनाइ छ । लोनको समयावधि बढाइदिने तथा थप लोन दिइरहेको उनले बताए । 

तर, कोरोना अति प्रभावित क्षेत्रको पहिचान गर्दै अन्य क्षेत्रलाई सहयोग गरेको सरकारले चलचित्र उद्योगलाई उक्त क्षेत्रमा नराखेको र सहयोग नगरेको चलचित्रकर्मीहरूले गुनासो गर्दै आएका छन् । 

एकातिर सरकारले गरेको नजरअन्दाज र अर्कोतर्फ डिजिटल प्लेटफर्मको उपस्थितिका कारण अब अपडेट हुन नसक्ने सिंगल थिएटर सञ्चालन गर्न कठिन हुने शर्मा बताउँछन् । “अब डिजिटल थिएटरको उपस्थिति र त्यसले पार्ने प्रभावलाई नजरअन्दाज गर्न सक्दैनौं । यस्तो अवस्थामा हलहरूले भौतिक पूर्वाधार पनि अपडेट गर्दै जानुपर्छ, उनी भन्छन्, “यति मात्रै होइन । अब पहिलाको जस्तो चलचित्र बनाए पनि चल्दैन । दर्शकमा चलचित्रको लिट्रेसी बढिसकेको छ । दर्शक चुजी भइसकेका छन् । मेरै अनुभवले भन्छ, पहिला जस्तो चलचित्र बने पनि चल्थ्यो । अहिले राम्रो चलचित्र बनाएन भने चल्दैन ।” 

राम्रा चलचित्र मात्रै चल्ने भएकाले वर्षमा एकाध हललाई ‘सस्टेन’ गर्न कठिन रहेको उनको भनाइ छ । 

सिंगल थिएटर र मल्टिप्लेक्स गरेर नेपालमा करिब १२ अर्ब रुपैयाँ लगानी छ । एउटा मल्टिप्लेक्स निर्माणका लागि ७ करोड र सिंगल थिएटर बनाउन ५ करोडदेखि ७ करोड रुपैयाँ लागत लाग्छ । 

कोरोनाको त्रास सुरु हुनुअगाडि काठमाडौं उपत्यकामा मात्रै भक्तपुर, बानेश्वर र बालाजुमा मल्टिप्लेक्स सञ्चालनमा आएका थिए । ठूलो लगानीमा भव्य मलमा तामझामसाथ खुलेका यी मल्टिप्लेक्स व्यापारको लय नसमाउँदै कोरोनाको चपेटामा परे । केही निर्माण भएर भर्खरै सञ्चालनमा आएका थिए भने केही निर्माणकै चरणमा थिए । दरबार मार्गमा मल्टिप्लेक्स बन्दै थियो । रञ्जना र विश्वज्योतिमा पनि मल्टिप्लेक्स बन्दै थिए । नेपाल चलचित्र संघका अध्यक्ष मधुसूदन प्रधानका अनुसार काठमाडौंसहित नेपालभर १० मल्टिप्लेक्स निर्माणको चरणमा थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २१, २०७७  ०६:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro