site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बिमा कम्पनीको ‘पफर्मेन्स रेटिङ’ हुने, बिमालेख धितोमा बैंकलाई कर्जा दिन रोक्न राष्ट्र बैंकलाई बिमा समितिको पत्र

काठमाडौं । बिमा कम्पनीहरूको ‘पफर्मेन्स रेटिङ’ गरिने भएको छ । बिमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा कम्पनीको पफर्मेन्स रेटिङ गराउने बताएका हुन् । “कुनै पनि बिमा कम्पनीले कस्तो काम गरिरहेको छ भन्ने पफर्मेन्स रेटिङले देखाउने र सोही रेटिङका आधारमा प्रोत्साहन र कारबाही हुन्छ । कुनै एउटा कम्पनी राम्रो ‘पफर्मर’ हो भन्ने सूचकले भन्छ,” उनले बाह्रखरीसँग भने ।

बिमा कम्पनीले फरक-फरक प्रोडक्ट ल्याउनुपर्ने पनि उनले बताए । “बिमा कम्पनीले अर्थतन्त्रका हरेक क्षेत्रलाई छुने गरी पोलिसी ल्याउनुपर्छ र त्यसलाई विक्री गर्नुपर्छ,” उनले भने, “नागरिकले बिमा भनेको के हो ? बिमा किन गर्ने भन्ने बिमा कम्पनीले बुझाउनुपर्छ ।” सोहीअनुसार कम्पनीहरूले प्रडक्ट ल्याउनुपर्ने उनको भनाइ छ । 

ग्रामीण र सहरबीचमा रहको बिमा पहुँचको खाडल हटाउनु आफ्नो योजना रहेको भन्दै सिलवालले राज्यले बिमालाई प्राथमिकता दिए पनि कार्यान्वयन फितलो रहेको बताए । “कृषि बिमा र लघुबिमा राज्यले नै सहुलियत दिए पनि किन लक्षित वर्गमा पुगेको छैन ?” प्रश्न गर्दै उनले भने, “अर्थतन्त्रमा सबैभन्दा ठुलो योगदान दिने कृषिको बिमा अपरिहार्य छ ।” 

सबैभन्दा धेरै प्रिमियम संकलन हुने क्षेत्र कृषि क्षेत्र रहेको भन्दै उनले त्यही क्षेत्रमा बिमा नभए अगाडि बढ्न नसक्ने उनले बताए । “मैले बिमा कम्पनीलाई नेपाल सरकार र राष्ट्र बैंकका कार्यक्रमलाई प्राथमिकता दिएर कार्यान्वयन गर्न निर्देशन दिएको छु, कार्यान्वयन भएन भने पफर्मेन्स रेटिङमा अंक काटिन्छ,” उनले भने ।

उनका अनुसार कम्पनीको रेटिङका लागि आधार तोकिन्छ र तोकिएको सूचकमा राम्रो गर्नेलाई प्रोत्साहन हुने र तोके अनुसार रेटिङ नआए कम्पनीलाई कारबाही हुन्छ । 

उनले बिमा क्षेत्रमा अहिलेको मुख्य समस्या नै विश्वसनीयता रहेको पनि बताए । “ बिमा गर्ने बिमितले बिमा गर्दा कम्पनी राम्रो छ, यसले राम्रो प्रतिफल दिन्छ र भविष्य सुरक्षित हुन्छ भन्ने विश्वास हुनुपर्छ,” उनले भने, “त्यसका लागि उसलाई बिमा के हो बुझाउनुपर्छ, चाहे शिक्षित हो अथवा अशिक्षित सबैलाई बिमा के हो बुझाउनुपर्छ ।”

अहिले पनि गाउँमा रहेका नागरिकसँग पैसा रहेको तर उनीहरूसम्म बिमा पुग्न नसकेको उनको बुझाइ छ । “काठमाडौंलगायत सहरमा चर्को प्रचार गर्ने तर गाउँका नागरिकले बिमा नै गर्न नपाउने, गाउँका नागरिकको पनि बिमा गराउने दायित्व बिमा कम्पनीकै हैन ?” उनले प्रश्न गरे ।

अब, बिमा कम्पनीलाई ग्रामीण क्षेत्रमा यति बिमा गर्नुपर्छ भनेर तोकेरै ‘टार्गेट’ उनको दाबी छ । त्यसको आधारमा बिमा कम्पनीको पफर्मेन्स रेटिङ हुने उनले बताए ।

बिमामा विकृति हटाउँछु 
बिमामा देखिएको विकृति हटाउन आफू प्रतिबद्ध रहेको उनले बताए । पछिल्लो समय बिमामा सबैभन्दा ठूलो जोखिम र समस्याका रुपमा देखापरेको एकल बिमा शुल्कको बेथिति नियन्त्रण गर्ने उनी बताउँछन् । एकल बिमा शुल्कको बेथिति आफ्नो ‘नोटिस’मा रहेको भन्दै उनले यसलाई प्रतिबन्ध लगाउने वा ‘पोलिसी सरेन्डर’ गर्न नदिने वा अन्य कुनै व्यवस्था गर्ने भन्ने विषय छलफलमा रहेको बताए ।

बिमा कम्पनीहरूको सुशासन नै आफ्नो प्राथमिकता रहेको उनले बताए । सीईओ नियुक्त नगरेका कम्पनीलाई तत्काल नियुक्त गर्न निर्देशन दिएको पनि उनले बताए । यस्तै उधारोमा पोलिसी बिक्री गरिरहेका कम्पनीलाई कडाइ भइरहेको पनि उनले बताए । प्रत्येक बिमा कम्पनीको सीईओलाई समितिमै बोलाएर बिमाको भावनाअनुसार काम गर्न निर्देशन दिइसकेको उनले बताए ।

अहिले बन्द रहेको बैंकास्योरेन्स पनि सुरु गर्नुपर्छ भन्नेमा रहेको उनले बताए । तर अहिले सानो कामबाट सुरु गर्ने र विस्तारै ठूलो काम गर्ने उनको भनाइ छ ।

बिमालेख धितोमा बैंकले कर्जा दिन रोकिँदै 
बिमा ऐनअनुसार बिमितलाई बिमालेख धितोमा कर्जा दिने काम बिमा कम्पनीको भएको भन्दैं बैंकलाई बिमालेख धितोमा कर्जा दिन रोक लगाउने उनले बताए । “बिमालेख धितोमा बैकहरूले कर्जा दिनु भनेको खराब प्रवृत्ति हो,” उनले भने, “बिमालेख लिन त्यसको धितोमा कर्जा दिने काम बिमा कम्पनीको हो, बैंकको हैन । त्यसैले नेपाल राष्ट्र बैंकलाई बैंकहरूलाई बिमालेख धितोमा कर्जा दिन रोक लगाउनु भनेर पत्राचार गरिसकेका छौं ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७  १२:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro