site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विद्यमान समस्याको हल हुनेगरी बजेट ल्याउँछौँ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले अगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट मुलुकमा विद्यमान समस्याहरूको सम्बोधन हुनेगरी ल्याइने बताएका छन् ।

आइतबार सिंहदरबारमा राष्ट्रिय योजना आयोगको बजेटसम्बन्धी मन्त्रालयगत छलफलको प्रतिवेदन बुझ्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।  सरकारले उत्पादन तथा निजी क्षेत्रले उठाएका मागहरूलाई सम्बोधन गर्नको लागि अध्यादेशबाट कानुन संशोधन गरेको उनको जिकिर छ ।

सहकारी क्षेत्रमा रहेका समस्याहरू समाधान गर्न कानुनी र संरचनात्मक प्रवन्ध गरिएको उल्लेख गर्दै उनले सहकारी क्षेत्रका समस्याको दिगो समाधान गर्नतर्फ सरकार अग्रसर रहेको बताए । उनले मुलुकले अस्थिरताको अनिश्चित चक्रबाट गुज्रिसकेपछि राजनीतिक स्थायित्वको यात्रा तय गरेको समेत दाबी गरे ।

अस्थिरतावादी प्रवृत्तिहरू स्थिरताको विरुद्ध क्रियाकलाप गरिरहेको उल्लेद गर्दै सफल हुन नदिइने बताए । "मुलुकले अस्थिरताको अनिश्चित चक्रबाट गुज्रिसकेपछि राजनीतिक स्थायित्वको यात्रा तय गरेको छ । अहिले मुलुक अस्थिरतातर्फ होइन राजनीतिक स्थिरतातर्फ अगाडि बढेको छ । तर अस्थिरतावादी प्रवृत्तिहरु भने यो स्थिरताको खिलापमा विभिन्न गतिविधि गर्ने प्रयास गरिरहेका छन्," उनले भने ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  २२:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro