site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सेयर कारोबारलाई दुई भागमा बाँडिँदै, ठूला कम्पनीलाई ‘मेन बोर्ड’ र सानालाई ‘एसएमई प्लेटफर्म’ 

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर कारोबारलाई दुई भागमा बाँड्ने भएको छ । बोर्ड चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमा साना तथा मझौला कम्पनीहरूका लागि छुट्टै कारोबार हुने गरी एसएमई प्लेटफर्म तथा अन्य कम्पनीको कारोबारका लागि मेन बोर्डको व्यवस्था गर्ने बताएको थियो ।

सोहीअनुसार बोर्ड ठूला र साना कम्पनीलाई छुट्याएर कारोबार गर्न काम भइरहेको अध्यक्ष भीष्मराज ढुंगानाले बाह्रखरीलाई बताए । “अहिले थोरै पुँजी भएका कम्पनी र ठूला र मूल्यमा प्रभावित नहुने कम्पनीको सेयर कारोबार एउटै ठाउँमा भइरहेको छ, जसले गर्दा सेयर बजारमा साना कम्पनीको सेयरमूल्य कर्नरिङ हुने र जसले इन्डेक्समा पनि उचारचढाव हुने हुन्छ,” उनले भने, “अब नेप्सेमा मूल्य प्रभावित हुँदा र थोरै पब्लिक इस्यु भएका कम्पनीलाई छुट्याएर एसएमई बोर्डमा राख्ने र मेन बोर्डमा धेरै चुक्ता पुँजी भएको र पब्लिकमा पनि धेरै सेयर जारी भएका कम्पनी रहन्छ, जसका आधारमा इन्डेक्स गणना हुन्छ ।”

थोरै चुक्ता पुँजी भएको र थारै मात्रै पब्लिकमा सेयर जारी गरेका कम्पनीको सेयर सप्लाई कम हुने र सेयर मूल्य पनि कर्नरिङ हुने भएकाले त्यसले इन्डेक्स पनि प्रभावित हुने गरेको भन्दै त्यसलाई छुट्याउँदै इन्डेक्समा उताचढाव कम हुने उनको दाबी छ । बोर्डले अहिले उक्त विषयमा अध्ययन गरिसकेको र सिस्टम बनाउने काममा लागेको उनले बताए । “यो तत्कालै भइहाल्ने कुरा हैन, सिस्टम बनाउनुपर्ने हुन्छ त्यसका लागि समय लाग्छ नै । तर, हामीले प्रक्रिया अगाडि बढाउँदै छौं,” उनले भने, “‘मेन बोर्ड’मा कुन कम्पनी र ‘एसएमई प्लेटर्फ’मा कुन कम्पनी रहने नेप्सेले निर्धारण गर्छ । ‘मेन बोर्ड’मा ठूला कम्पनी र धेरै पब्लिक सेयर जारी भएका, सेयर होल्डर र पुँजी धेरै भएका त्यसमा रहन्छ ।”

यसरी साना र मझौला कम्पनीलाई एसएमई प्लेटर्फमा राखेर ठूला कम्पनीका आधारमा मात्रै इन्डेक्स गणना गर्दा उतारचढाव पनि कम हुने र बजारमा स्थिरता कायम हुने बोर्ड अध्यक्ष ढुंगाना बताउँछन् । “मोर अर लेस स्टेबल किसिमका कम्पनीहरू जस्तै वाणिज्य बैंकहरू, धेरै पुँजी भएका कम्पनीहरू मेन बोर्डमा रहन्छन्,” उनले भने, “मेन बोर्डमा रहने कम्पनीको लागि न्यूनतम यति पुँजी, यति भएको यति प्रतिशत साधारण सेयर जारी भएको कम्पनी भनेर तोकिन्छ, पुँजी धेरै भएको तर साधारणसेयर कम भएको कम्पनी त्यसमा नआउन पनि सक्छ ।”

ढुंगानाले बोर्डको नेतृत्व लिँदै गर्दा अहिलेको सूचक गणनामा समस्या भएकाले यसलाई परिमार्जन गर्नुपर्ने बताएका थिए । सोहीअनुसार उनले बोर्डको चालु नीति तथा कार्यक्रममा सेयर कारोबारलाई दुई भागमा बाँड्ने गरी ‘मेन बोर्ड’ र ‘एसएमई प्लेटफर्म’ को योजना ल्याएका थिए । “साना तथा मझौला कम्पनीहरूका लागि छुट्टै कारोबार हुने गरी एसएमई प्लेटफर्म तथा अन्य कम्पनीको कारोबारका लागि मेन बोर्डको व्यवस्था गर्न नेप्सेलाई सहजीकरण गर्ने,” बोर्डको चालु नीति तथा कार्यक्रममा भनिएको छ ।

“कम चुक्ता पुँजी भएको र पब्लिक सेयर कम भएको कम्पनीहरूको सेयर मूल्य धेरै उताचढाव हुने, सीमित लगानीकर्ताले सेयर होल्ड गरेर सेयर कर्नरिङ गर्ने हुँदा त्यस्ता कम्पनीलाई एसएमई प्लेटफर्म राखिने हुन्छ,” उनले भने, “एसएमई प्लेर्फममा राख्ने कम्पनीले इन्डेक्समा खासै ठूलो प्रभाव नपार्ने गरी सिस्टम तयार हुन्छ ।”

एसएमई प्लेटर्फमा रहने कम्पनीलाई उच्च निगरानी राखिने र सेयर मूल्यमा लाग्ने सर्किटजस्ता कुरामा पनि फरक व्यवस्था गर्न सकिने उनले बताए । यस्ता कम्पनीलाई बढी निगारानीमा राख्ने सकिने उनले बताए । यसले बजारमा चलखेल गर्ने लगानीकर्तालई नियन्त्रण गर्न पनि सहज हुने र नयाँ लगानीकर्तालाई पनि जोखिम कम हुने उनी बताउँछन् । 

यता नेप्से पनि बोर्डले अध्ययन गरेर निर्देशन दिन्छ भने तयार रहेको बताउँछ । “हामीले पनि चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा ओटीसी मार्केटलाई एसएमईअन्तर्गत राख्ने भनेर चौथौ त्रैमासमा अध्ययन गर्ने गरी राखेका छौं,” नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले भने, “अरु काम केही भएको छैन, बोर्डको पनि नीति तथा कार्यक्रम परेको छ, उहाँहरूले अध्ययन सरेर पोलिसी ल्याउनुभयो भने हामी त तयार नै छौं ।”

थोरै चुक्ता पुँजी भएका कम्पनीहरू जसको पर्फमेन्स राम्रो छैन त्यसलाई ओटीसीमार्फत कारोबार हुनसक्ने व्यवस्था गराउने उनले बताए । “बोर्डको योजना पनि त्यही होजस्तो लाग्छ,” उनले भने, “हाम्रो नीति तथा कार्यक्रमअनुसार अन्तिम त्रैमासमा मात्रै अध्ययन प्रतिवेदन तयार गरेर बुझाउने भनेर राखेका छौं ।”
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, फागुन ५, २०७७  १९:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro